अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

-


     क्लिक गण्डकी     
     पौष २६ गते २०८१ मा प्रकाशित


दुर्घटना

दुर्घटना

एजेन्सी, २६ पुस/ अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान करिब सात बजे तिर भर्जिनियाको स्यान्टिल्ली रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दै आएका थिए ।

उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो । कारको अघिल्लो भाग पानीमा डुबेको थियो ।

अत्यधिक चिसो मौसम र उद्धारमा ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपालीहरुले बताएका छन् ।



Tags: