अर्थतन्त्र

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी
पोखरा, २४ पुस/ बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ सय ३० स्टल रहने महोत्सव मुल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए । स्थापना कालदेखीनै महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र… पुरा पढौ

अधिकृत बिक्रेता संघको अध्यक्षमा मनोज कुमार श्रेष्ठ चयन

अधिकृत बिक्रेता संघको अध्यक्षमा मनोज कुमार श्रेष्ठ चयन
पोखरा, २२ पुस/ अधिकृत बिक्रेता संघ पोखरा को १७ औं साधारण सभा तथा ९ औं अधिबेशनले मनोज कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रबि सापकोटा, महासचिबमा दिलिप कुमार श्रेष्ठ, सह सचिबमा देबेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ज्ञानेन्द्र गौतम चयन भएका छन् । समितिको सदस्यमा नबराज अधिकारी, बिजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा निर्बिरोध निर्वाचित भएका छन् । पुरा पढौ

मित्रमिलन सहकारी ठगीः अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारी पुर्पक्षका लागि थुनामा

मित्रमिलन सहकारी
पोखरा, २३ पुस/ सहकारी ठगी अभियोगमा जिल्ला अदालत कास्कीले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरु दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए । कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको हो । बिहीबार र शुक्रबार बयानपछि आइतबार थुनछेक बहस भएको थियो । पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै ३१ करोड रकम बिगो… पुरा पढौ

ठेक्का लिने तर समयमा काम नसक्नेमा निर्माण कम्पनी दोषी- मेयर आचार्य

ठेक्का लिने तर समयमा काम नसक्नेमा निर्माण कम्पनी दोषी मेयर आचार्य
पोखरा, २१ पुस / पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धता पनि जनाए । मेयर आचार्य निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारीहरु रिझाउनै पर्ने अवस्था रहेको भन्ने व्यवसायीहरुले उठाएको गुनासोको… पुरा पढौ

पृथ्वी यातायातका कार्यालय सबै डिजिटल, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

पृथ्वी यातायातका कार्यालय सबै डिजिटल, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने
पोखरा, १८ पुस/ देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो । अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू… पुरा पढौ

सूर्य दर्शन सहकारी ठगीः थप दुई जना पुर्पक्षका लागि जेल चलान

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १८ पुस/ सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई जेल चलान भएका छन् । बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीबी)… पुरा पढौ

करिब ३ करोड लगानीमा पोखरामा खुल्यो पर्फेक्सन कस्मेटोलोजी

करिब ३ करोड लगानीमा पोखरामा खुल्यो पर्फेक्सन कस्मेटोलोजी
पोखरा, १६ पुस/ अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन् । बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठको लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूङले महिलाहरूले आफैं… पुरा पढौ

पोखरामा ५ वटा सहकारीको करिब ३ अर्ब जोखिममा

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ११ पुस/ पोखराबाट सञ्चालमा रहेका ५ वटा सहकारीमा मात्रै झण्डै ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । करिब ३७ हजार बचतकर्ताले जम्मा गरेको २ अर्ब ९७ करोड ११ लाख जोखिममा परेको हो । सबैभन्दा धेरै सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड, इमेज सहकारीको करिब ६५ करोड, शिव शिखर सहकारीको ५४ करोड ९४ लाख, मित्रमिलनको ३१ करोड ७८ लाख र बलिदानीको १० करोड ६९ लाख रुपैयाँ जोखिममा परेको हो । सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड… पुरा पढौ

मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिष्ट्रार पराजुली पक्राउ

पोखरा, १० पुस /मित्रमिलन सहकारी सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वत प्रहरीले पक्राउ गरेर कास्की प्रहरीको जिम्मा लगाएको छ । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड ५ लाख मागेको आरोप छ । मित्रमिलन सहकारी ठगी प्रकरणमा अहिले समम ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मित्रमिलन बचत तथा… पुरा पढौ

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, ९ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र… पुरा पढौ