अर्थतन्त्र

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा
पोखरा, १९ भदौ/ पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघमा केसी ग्रुपको ‘इण्ट्रि’

बन्दना कार्की
पोखरा, १९ भदौ/ पोखरा उद्योग बाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन हुनुभएको हो । उहाँले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गर्नुभएको हो । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित हुनुभयो । पोखरा उद्योग वाणिज्य… पुरा पढौ

मतसँगै मन पनि माग्दै प्रजापति समूह

मतसँगै मन पनि माग्दै प्रजापति समूह
पोखरा, १८ भदौ / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गरेका छन् । उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उनले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गरेका हुन् । ुघरदैलोको क्रममा म लगाएको मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा… पुरा पढौ

‘मनोनयन दर्तापछि झनै उत्साह बढ्यो’

‘मनोनयन दर्तापछि झनै उत्साह बढ्यो’
पोखरा, १८ भदौ/ पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै… पुरा पढौ

पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए

पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए
पोखरा, १६ भदौ/ पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले रु १० हजार जित्न सफल भए । यसैगरी प्रतिमा गुरुङले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले रु दुई हजार र एक हजार बराबरको फेसियल सेवा र… पुरा पढौ

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल

व्यावसायीको गुनासो सुन्दै मत माग्दै अर्जुन प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आशन्न महाधिवेशनमा नेतृत्व लिनका लागि अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलको टोली बुधबार घरदैलो कार्यक्रमका लागि पोखरा १० अमरसिंहचोक पुग्यो । एक हुल मानिश देख्ने वित्तिकै यिनीहरुले केही गर्ने होइन भन्दै एक व्यासायीले नाक खुम्च्याउन थाले । उनले भन्दै थिए, ‘भोट माग्न मात्र आउँछन् गर्ने केही होइन् ।’ उनी आफैले बनाएको पिंढीमा पसलका सामान राख्न नपाउँदा समस्यामा रहेछन् । हाते ट्याक्टर व्यावसायी उनले पसल अगाडि ट्याक्टर प्रदर्शन गर्नकै लागि ढुंगा बिछ्याएका थिए ।… पुरा पढौ

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवज प्रजापति प्यानल
पोखरा, १५ भदौ / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका उमेद्वार पवन प्रजापति सहितको टोली व्यवसायीहरुको घरदैलोमा पुगेका छन् । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरु समक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ । अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै संस्थागत रुपमा आफू नेतृत्वमा… पुरा पढौ

व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल

व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल
पोखरा, १४ भदौ/ नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ । अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ । आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए । पोखरा १० रामबजारको… पुरा पढौ

भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी

भारतमा बजार बिस्तार गर्दै केटीएम सिटी
काठमाडौं, १३ भदौ/ शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले भारतमा बजार विस्तार गरेको छ । स्वदेशी लुगा उत्पादन गर्दै आएको केटीएम सिटीले भारतको सिलुगढीमा नयाँ आउटलेट खोलेको हो । भारतको सिलगुढीस्थित होमल्याण्ड बिजनेश सेन्टरमा खोलिएको नयाँ आउटलेट ५ हजार स्क्वेर फिट क्षेत्रफलमा फैलिएको छ । यसअघि भारतको विभिन्न ६ स्थानमा आउटलेट सञ्चालन गरेर व्यवसाय गर्दै आएको केटीएम सिटीले सिलुगढीमा पनि सेवा विस्तार गरेको हो । चाँडै भारतको राजधानी नयाँ दिल्लीको ब्यापारिक महलमा समेत आफुलाई लैजाने केटीएम सिटीले जनाएको छ ।… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः अर्जुन प्यानलको घरदैलो चाउथेबाट

पोखरा उद्योग वाणिज्य संघ
पोखरा, ११ भदौ/ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो सुरु गरेको छ । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी… पुरा पढौ