
सफल घ्यू
पोखरा, २४ कार्तिक/ सुजल डेरी प्रा.लि.ले सफल घ्यूलाई नयाँ प्याकमा बजारमा ल्याएको छ । नेपालभरि नै स्वाद र स्वस्थवर्धक गुणका लागि चिनिएको सुजल डेरीको उत्पादन सफल घ्यू अब नयाँ प्याकमा बजारमा आएको हो ।
गाई तथा भैँसीको शुद्ध मक्खनलाई खारेर सफल घिउँ बनाइएको हो । नयाँ प्याकमा घ्यूको गुणस्तर लामो समय कायम गर्दै स्वादमा ताजापन राख्नका लागि ७–लेयर प्याकेजिङ छ । यसमा ३ लेयर लेमिनेसन पनि गरिएको छ ।
सफल घिउँ पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । घ्यूको गुण र शुद्धतालाई अझै राम्रो बनाउँदै नेपाली परिवारको आवश्यकतासँग जोड्न खोजिएको कम्पनीको दाबी छ ।





