एनवाईईएफको पोखरा – लोमान्थाङ मोटर ¥याली शुरु

-


     क्लिक गण्डकी     
     कार्तिक १७ गते २०७९ मा प्रकाशित


मोटर ¥याली

मोटर ¥याली

पोखरा, १७ कार्तिक/ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पोखरादेखि लोमान्थाङसम्म चार दिने मोटर ¥याली शुरु गरेको छ । ‘टुगेदर फर लोकल टुरिजम’ नाराका साथ एनवाईईएफको तत्वाधान र एनवाईईफ पोखरा च्याप्टरको आयोजनामा ¥याली शुरु भएको हो ।

कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायतका ठाउँहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ¥यालीको आयोजना गरेको एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।

¥यालीले स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन लगायतमा पनि सघाउन पुग्ने अध्यक्ष मल्ल बताए । ¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुले सहभागिता जनाउँदै छन् ।

संस्थाले विगत केही समयदेखि मोटर ¥याली आयोजना गर्दै आएको छ । सन् २००३ मा स्थापित गैर नाफामुलक सामाजिक संस्थाका रुपमा स्थापित संस्थाले युवा उद्यमी उत्पादन गर्ने, उनीहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने, युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्ने गर्नुका साथै शिक्षा, तालिम र फेलोसी पलगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।



Tags: