अर्थतन्त्र

गण्डकी सरकारः सवारी कर २०० प्रतिशत जरिवानाबाट २० प्रतिशत झ¥यो

गण्डकी प्रदेश
पोखरा, १२ साउन/ गण्डकी प्रदेश सरकारले म्याद नाघेका सवारीको कर जरिवाना २ सय प्रतिशत बढाएपछि जनस्तरबाटै विरोध भयो । साउन १ गतेदेखि बढाइएको जरिवाना शुल्कको बारेमा विरोध भएपछि अन्ततः सरकारले २० प्रतिशतमा झारेको छ ।सवारी व्यवस्था ऐनमा नवीकरणको म्याद सकिएपछि २ गुणा जरिवाना लाग्ने व्यवस्था छ । ४ हजार ५ सय रुपैयाँ कर भएको मोटरसाइकल धनीले अहिलेदेखि २० हजार भन्दा बढी कर तिर्नुपर्ने भएपछि निकै विरोध भएको थियो । सरकारले अब २ सय प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ ।… पुरा पढौ

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट
पोखरा, ११ साउन/ ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन् । त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा… पुरा पढौ

पोखरा महानगरपालिकाबाट करको ३ करोड ७० लाख रुपैयाँ गायब

पोखरा महानगरपालिका
पोखरा, ८ साउन/ पोखरा महानगरपालिकामा ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ । सर्वसाधारणले तिरेको कर मध्येबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ हराएको हो । महानगरको आम्दानी खातामा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७६ करोड ५३ लाख करबाट जम्मा भएको थियो । जबकी सोही अवधिमा महानगरको राजश्व शाखाले भने १ अर्ब ८४ करोड ३१ लाख ९६ हजार आम्दानी भएको देखाएको छ । बैंक खातामा जम्मा भएको राजश्व र महानगरको राजश्व शाखाले आम्दानीमा ३ करोड… पुरा पढौ

माछापुच्छ्रे बैंकको खुद नाफा ३४ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंक
पोखरा, ७ साउन/ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्ष भन्दा खुद नाफा ३३.९४ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा अवधिमा ५७ करोड ६९ लाख रुपैयाँ थप गरी २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जनाएको छ । बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३२… पुरा पढौ

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला

पोखरामा युनाइट्सको डिजिटल मार्केटिङ कार्यशाला
पोखरा, ७ साउन/ व्यापार, व्यवसाय प्रवद्र्धनका लागि वितरण, प्रचारप्रसार, बजारिकरण निकै महत्वपूर्ण हुन्छ । अहिलेको बजारमा डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै पोखरामा शनिबार युनाइट्स नेपालले डिजिटल मार्केटिङ कार्यशाला आयोजना गरेको छ । कार्यक्रममा आभास अधिकारी र प्रतिमा भट्टले सहजीकरण गरेका थिए । उनीहरुले डिजिटल माध्यमबाट मार्केटिङका तरिका, अहिलेको अवस्था र चाल्नुपर्ने कदमबारे प्रकाश पारे । व्यक्तित्व विकास र व्यापार, व्यवसाय प्रवद्र्धनका लागि संगठन निर्माण र परिचालनबारे समेत कार्यशालामा प्रशिक्षण दिइएको छ । युनाइट्स नेपालका अध्यक्ष… पुरा पढौ

फूलबारी रिसोर्टको लिलामी रोक्न अदालतको आदेश

फूलबारी रिसोर्ट
पोखरा, ६ साउन/ पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया स्थगित गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले बिहीबार अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण तिर्न नसकेपछि बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको लागि गोप्य शिलबन्दी मार्फत आवेदन दिने बिहीबार अन्तिम दिन थियो । तर रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न दिएको निवेदनमाथि काठमाडौं जिल्ला अदालत… पुरा पढौ

पोखरा महानगरमा एक वर्षमा चिया खाजामा साढे २ करोड खर्च

पोखरा महानगरपालिका
पोखरा, ४ साउन/ पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा साढे २ करोडको खर्च भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखीएको छ । खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको भन्दै महालेखा परीक्षकले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ । यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख… पुरा पढौ

पोखराको ठुलो स्पा, ट्रान्क्युलिटी स्पा नयाँ ठाउँमा सञ्चालनमा

पोखराको ठुलो स्पा, ट्रान्क्युलिटी स्पा नयाँ ठाउँमा सञ्चालनमा
पोखरा, ४ साउननेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशक अघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित १४ नम्बर स्ट्रिट मा सञ्चालनमा आएको यो स्पा पोखराकै सबैभन्दा ठुलो क्षेत्रफलमा फैलिएको स्पा हो ।यसका सञ्चालक रनिल फैजुका अनुसार सरोवरमा सात हजार पाँच सय स्क्वायर फिट क्षेत्रफलमा सञ्चालनमा आएको छ । सेवाग्राहीले यहाँबाट मसाज थेरापी, ब्युटी थेरापी, हाइड्रो थेरापी सहित… पुरा पढौ

गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत

गन्तव्य र बसाई बढाउन महानगर र होटल संघ एकमत
पोखरा, ३ साउन / नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा होटल संघका पदाधिकारी तथा सल्लाहकारले पर्यटन क्षेत्रको अवस्था र सुधारका लागि सुझावहरु राखेका थिए । सो अवसरमा भनाई राख्दै महानगर प्रमुख आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि एक दुई करोड… पुरा पढौ

पोखरामा साउन पहिलो रोजगार मेला

पोखरामा साउन पहिलो रोजगार मेला
पोखरा, ३ साउन/ पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गते देखी तीन दिन सम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले आयोजना गर्न लागेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यल मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले… पुरा पढौ