अर्थतन्त्र

पोखरामा अनलाईन फुड अर्डर सञ्चालनमा

पोखरामा अनलाईन फुड अर्डर सञ्चालनमा
पोखरा, २ साउन/ पोखराको बाझा पाटनमा अवस्थित ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्सले फास्ट फुड पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिला फ्रोजन मःम सञ्चालन गर्दै आइरहेकोमा अहिले भने यो कम्पनीले फास्ट फुड पनि संचालनमा ल्याएको हो । कम्पनीले दिउँसो १२ बजेदेखि बेलुका ९ः३० बजेसम्म ग्राहकहरुको अर्डरअनुसार घरमै गएर डेलिभरी गर्दै आएको सञ्चालक युवा व्यवसायी रोहित जंग कार्कीले जानकारी दिए । नेपाली लोकल टेस्ट जस्तै मटन तास, भुटुवा, छोइला, सुकुटी, मस्म, चाउमिन , बिरयानी लगायत बिभिन्न परिकारहरु यहाँ… पुरा पढौ

धम्पुस सडक प्रदेशको नमुना बन्छ- मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा, २ साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कास्कीको धम्पुसमा निर्माण हुने प्रदेशकै नमुना सडक आगामी दुई महिनामा निर्माण कार्य सुरु हुने बताउनु भएको छ । धम्पुसको प्रगती टोल स्थित नर्मदेश्वर शिवालय मन्दिर परिसरमा आयोजित महायज्ञमा सम्बोधन गर्दै मन्त्री बरालले डोलीडाबाट निर्माण हुने धम्पुसको घट्टेखोला, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै एक नम्बरको रुपमा रहेको उल्लेख गर्दै आगामी २ महिना भित्र निर्माण कार्य सुरु हुने बताउनु भएको हो । मन्त्री बरालको बिषेश पहलमा निर्माण हुने… पुरा पढौ

गण्डकी प्रदेशमा सवारी कर बढ्यो, कुन सवारी कति तिर्नुपर्ने

सवारी
पोखरा, १ साउन/ गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । अघिल्लो आर्थिक वार्षिक ४० हजार कर तोकिएका यी गाडीमा यो वर्ष देखी ५० हजार कर तिर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा यस वर्ष ३५ सय सीसी क्षमताका… पुरा पढौ

पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने

पोखरा महानगरपालिका
पोखरा, ३२ असार/ पोखरा महानगरपालिकाले साउन पहिलो साता राजश्व असूली नगर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐन, २०७९ सफ्टवयर सिस्टममा प्रविष्टी गर्ने कार्य भैरहेकोले राजश्व असूली नगर्ने भएको हो । साउनको १ गते आइतबार देखी साउनको ६ गते सम्म राजश्व असूली सम्बन्धी कार्य बन्द रहने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले विज्ञप्ती जारी गरेका छन् । साउन ७ गते शनिबार भएका कारण विदा छ भने ८ गते आइतबारबाट मात्रै राजश्वको काम हुनेछ । पुरा पढौ

गण्डकी प्रदेशको बजेट पारित

पोखरा, ३० असार/ गण्डकी प्रदेश सरकारको बजेट पास भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९/०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन गरिएको बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको लागि… पुरा पढौ

पोखराको बुद्ध विशाल बजारमा सामान खरिद गर्दा उपहार कुपन

पोखराको बुद्ध विशाल बजारमा सामान खरिद गर्दा उपहार कुपन
पोखरा, २९ असार / पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले व्यवसाय प्रवद्र्धनका लागि उपहार कार्यक्रम ल्याएको छ । एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उपहार कार्यक्रम साउन १ गतेदेखि पाँच महिनासम्म सञ्चालन हुनेछ । विशेष गरी नेपालीहरुका चाडपर्वलाई लक्षित गरी उपहार कार्यक्रम संस्थाले ल्याएको हो । एशोसिएसनका अध्यक्ष केशवबहादुर खत्रीले उपहार कार्यक्रममा प्रथम पुरस्कार स्कुटर, दोस्रो उपहार ४३ इन्चको स्मार्ट टेलिभिजन र तृतीय पुरस्कार स्मार्ट फोन १५ हजार बराबरको ३ जनालाई प्रदान गरिने बताए । उनका अनुसार बुद्ध… पुरा पढौ

सार्वजनिक यातायात महासंघको गण्डकी प्रदेश कार्यालय पोखरामा शुरु

सार्वजनिक यातायात महासंघ
पोखरा, २९ असार/ पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालयको उद्घाटन गरे । रिजालले यातायात महासंघको उद्देश्य अनुरुप नै काम गर्नेमा विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा बोल्दै यातायात व्यवस्थामा सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा सुविधा प्रदान गर्नका लागि लागिपरेको उल्लेख गरे । ‘हाम्रो कार्यालयमा हुने गरेको बेथितीको विरुद्धमा मैले काम गरिरहेको छु, उनले भने, ‘अब डिजिटलाइजलाई ध्यानमा राखेर मैले विभागमा प्रस्तावहरु… पुरा पढौ

पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य

पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य
पोखरा, २७ असार/ पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष ०७९/८० करका दरहरु घटाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको बताए । अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याए पनि महानगरले करको दर घटाएको उनको भनाई छ । करको दर घटाएर दायर बढाएको उनले बताए । पोखराका मेयर आचार्यले सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाएपनि… पुरा पढौ

पोखरा महानगरपालिकाको ६१ प्रतिशत खर्च

पोखरा महानगरपालिका
पोखरा, २७ असार/ चालु आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ । पोखरा महागनरपालिकाको तथ्यांकअनुसार असार महिनाको तेस्रो साता सम्म ६१ प्रतिशत बढि खर्च भएको हो । तेस्रो साता सम्म ३ अर्व ९४ करोड खर्च भएको पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख उपसचिब जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको । सुरुवाती विनियोजनका आधारमा हेर्दा हालसम्म चालुतर्फ २ अर्ब ३१ करोड ३९… पुरा पढौ

पोखरा महानगरको ८ अर्ब ७७ करोड बजेट पास, विभिन्न समिति गठन

पोखरा महानगरपालिका
पोखरा, २६ असार/ पोखरा महानगरपालिकाको बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ८ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गरेकी थिइन् । कार्यक्रम सभामा छलफल पछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान २… पुरा पढौ