व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल

-


     क्लिक गण्डकी     
     भाद्र १४ गते २०७९ मा प्रकाशित


व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल

व्यावसायीको हितमा काम गर्न अर्जुन पोखरेल प्यानल

पोखरा, १४ भदौ/ नयाँ काम गर्नका लागि कुनै न कुनै भिजन आवश्यक छ । पोखराका उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा भिजनको वा नयाँ दृष्टिकोणको खाँचो रहेको उद्योगी व्यावसायीहरुको माग छ । अघिल्ला नेतृत्वहरुले गर्न खोजेपनि कछुवा गतिमा काम गर्दा गर्दै २ वर्ष कार्यकाल सकाएको उनीहरुको आरोप छ ।

आसन्न भदौ २४ र २५ गते हुने महाधिवेशनमा नयाँ नेतृत्व हात पार्न कस्सिएको अर्जुन पोखरेल प्यानल चुनावी घरदैलोमा निस्कदा गरिएका व्यावसायीहरुले यस्तै गुनासो गरिरहेका थिए । पोखरा १० रामबजारको नारायण प्रोभिजनलको सञ्चालक नारायण श्रेष्ठ पनि नयाँ र युवा जोस भएको नेतृत्व चाहान्छन् । तर, नेतृत्व लिएर मात्र नहुने सानादेखि ठूला व्यावसायीहरुको समस्या संवोधन गर्न सक्ने हुनुपर्ने उनको माग थियो ।

‘अर्जुन जीले राम्रो टिम बनाएर हिड्नुभएको छ मतदान गर्ने सबैको अधिकार हो जिताउने हराउने सबै मतदाताहरुको हातमा छ,’ उनले भने, ‘तर जितिसकेपछि भने सबैसँग फेरी समस्या सुन्न पसल पसल पुग्नुपर्छ, योभन्दा अघिकाहरु भोट माग्ने बेला आयो अनि २ वर्ष हरायो ।’ यसका लागि नयाँ सोंच भएको नेतृत्व आवश्यक रहेको भनाई थियो । अर्जुन पोखरेल आफैमा लामो समय संघमा रहेर काम गरेकाले अर्जुजदृष्टि राख्न सक्ने व्याक्ति भएको उनको धारणा थियो ।

पोखरा १० का चन्द्रकिशोर गौतम पनि संघमा जुजारु अनि नयाँ काम गर्ने व्याक्ति आउनुपर्ने धारणा राख्छन् । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । उनले आफ्नो मत सक्षम र संघमा रहेर व्यापारीको हितमा काम गर्नेलाई रहने बताए ।

अर्जुन प्यानल मंगलबारको घरदैलोमा रामबजार, उत्तमचोक, बुद्धचोक अमरसिंहचोक, कालिका, चाउथे लगायत स्थानमा पुगेको थियो । साथै तीजका अवसरमा केही उद्योगी व्यावसायी घर मै हुने आँकलन गर्दै घर घरमा पुग्दै समस्या सुनेको थियो ।
व्यावसायीहरुको समस्या सुनिसकेपछि अध्यक्ष पदका आकांक्षी अर्जुन पोखरेलले व्यावसायीहरुको समस्या सम्बोधन गर्नकै लागि आफू नेतृत्वमा जान चाहेको धारणा राखे ।

‘हिजो सहायक पदमा रहेका काम गरियो अब नेतृत्व लिएर संघलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नेतृत्वमा पुगेपछि व्यावसायीको समस्यालाई सही ढंगबाट समाधान गर्नुपर्छ भन्ने म र मेरो टिमको उद्देश्य हो ।’ धेरै मतदाताकोमा पुग्दा धेरैले समस्या सुनाएको जायज माग तथा समस्याहरु समाधान गर्न र माग पुरा गर्न आफू नेतृत्वमा जान चाहेको उनको भनाई थियो । आफ्नो नेतृत्वमा युवा तथा अनुभवी उम्मेदवार भएकाले उद्योगी व्यावसायीहरुको माग सम्बोधन गर्ने क्षमता राख्ने उनको भनाई थियो ।

उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।



Tags: