पोखरामा किन भयो पेट्रोल अभाव ?

-


     क्लिक गण्डकी     
     श्रावण २९ गते २०७९ मा प्रकाशित


नेपाल आयल निगम

पोखरा, २९ साउन/ पेट्रोल पम्पमा अहिले पेट्रोल छैन भन्ने लेखेर टाँसेको देखीन्छ । किन पेट्रोल अभाव भएको होला त ? कुनै कुनै पप्पमा लाइनमा बसेकाको जिज्ञास हुने गरेको छ ।

व्यवसायी सगँ जिज्ञासा राख्दा बिहीबार नेपाल आयल निगम गगनगौडा डिपोबाट कम निस्किएका कारणले अहिले अभाव देखिएको हो । ‘शुक्रबार र शनिबार पनि विदा भयो,’ पम्पका सञ्चालकले भने ‘बिहीबार कम निस्कनु, शुक्रबार र शनिबार विदा भएका कारण बजारमा अभाव देखीएको हो ।’

पेट्रोलको मुल्य घट्ने हल्लाले त यस्तो भएका हैन भन्ने प्रश्नमा व्यवसायी भन्छन् –‘आइतबार ४ बजे पछि पेट्रोल आउछ, हामी विक्रि गर्ने हतारमा छौँ ।’ डिजेल भने पाएको छ ।



Tags: