
रोजगारी
पोखरा, २६ साउन/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले १६३ जनाका लागि रोजगार खुलाएको छ ।
मन्त्रालयको पदपूर्ती सम्बन्धी सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको हो । माग भएका कर्मचारीमा मेडिकल अधिकृत देखी फार्मेसी सहायक सम्मका लागि आबेदन मागेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका १३ अस्पतालका लागि कर्मचारी माग गरेको हो । दरखास्त www.mohp.gandaki.gov.np गएर भर्न सकिने छ ।