अर्थतन्त्र

ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना

ट्रेड मलले चाडपर्वमा ल्यायो ‘नगदै नगदको वर्षा’ उपहार योजना
पोखरा, ३१ साउन / पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर यस वर्ष ‘नगदै नगदको वर्षा’ उपहार योजना ल्याएको छ । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले यही भदौ १ देखी कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् । चाडपर्वका अवसरमा विगतदेखीनै विभिन्न उपहार योजना मार्फत ग्राहक आकर्षित गर्दै आएको मलले यस वर्ष धेरै भन्दा धेरै ग्राहकलाई नगद उपहार प्रदान गर्न नगद वर्षा उपहार योजना ल्याएको उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज… पुरा पढौ

पोखरामा किन भयो पेट्रोल अभाव ?

पोखरा, २९ साउन/ पेट्रोल पम्पमा अहिले पेट्रोल छैन भन्ने लेखेर टाँसेको देखीन्छ । किन पेट्रोल अभाव भएको होला त ? कुनै कुनै पप्पमा लाइनमा बसेकाको जिज्ञास हुने गरेको छ । व्यवसायी सगँ जिज्ञासा राख्दा बिहीबार नेपाल आयल निगम गगनगौडा डिपोबाट कम निस्किएका कारणले अहिले अभाव देखिएको हो । ‘शुक्रबार र शनिबार पनि विदा भयो,’ पम्पका सञ्चालकले भने ‘बिहीबार कम निस्कनु, शुक्रबार र शनिबार विदा भएका कारण बजारमा अभाव देखीएको हो ।’ पेट्रोलको मुल्य घट्ने हल्लाले त यस्तो भएका हैन भन्ने… पुरा पढौ

प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको होः अर्थ मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा, २६ साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनु भएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो “कर सिद्धान्तको आधारमा थोरै हुने सँग कम र धेरै हुने सँग सो भन्दा बढि कर लिने गरी समायोजन गरिएको बिषयलाई अहिले कार्यान्वयनमा आएको दुई महिना पछि अनावश्यक रुपमा आलोचना गरिएको छ… पुरा पढौ

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत १६३ जनालाई रोजगारी खुल्यो

रोजगारी
पोखरा, २६ साउन/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले १६३ जनाका लागि रोजगार खुलाएको छ । मन्त्रालयको पदपूर्ती सम्बन्धी सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको हो । माग भएका कर्मचारीमा मेडिकल अधिकृत देखी फार्मेसी सहायक सम्मका लागि आबेदन मागेको छ । गण्डकी प्रदेशका ११ जिल्लाका १३ अस्पतालका लागि कर्मचारी माग गरेको हो । दरखास्त www.mohp.gandaki.gov.np गएर भर्न सकिने छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिबमा शोभा गौतमको उमेद्वारी घोषणा

शोभा गौतम
पोखरा, २६ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको उपमहासचिबमा शोभा गौतमले उमेद्वारी घोषणा गरेकी छन् । भदौ २४ र २५ गते हुने ३४ औं महाधिबेशनमा गौतमले उपमहासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । अहिले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् । संघको अध्यक्षमा अहिले उपाध्यक्ष अर्जुन पोखरेल र पवन प्रजापतिले उमेद्वारी घोषणा गरेका छन् । पुरा पढौ

पर्यटनमन्त्री भन्छन्ः ‘पोखरा क्यालिबे्रसन फ्लाइट पछि उडान रुटबारे निणर्य हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ
पोखरा, २५ साउन/ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले क्यालिब्रेसन फ्लाइटको टुंगो लागेपछि मात्रै अन्तराष्ट्रिय जहाज कम्पनीसँग उडानका अगाडी बढ्ने बताएका छन् । समाजबादी प्रेस संगठन कास्कीले आज पोखरा गरेको पत्रकार सम्मेलनमा उनले ‘जहाज कम्पनीसँग छलफल गर्नका लागि पनि विमानस्थल सन्चालनको निर्णय गरेका हौं । उडान रुट र जहाज कम्पनीसँग अब छलफल अघि बढ्छ ।’ विमानस्थलको ९८ प्रतिशत निर्माण सकिएको छ । जनवरी १ बाट सन्चालनमा ल्याउने औपचारिक निर्णय सरकारले गरिसकेको छ । तर विमानस्थल सन्चालनअघि पोखराको ल्याण्डफिल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालनमा आउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २२ साउन/ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति तय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उड्डयन संस्था आइकाओको मापदण्डभित्र रहेर फोरडी मोडलमा निर्माण भइरहेको विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गर्ने र त्यसपछि अन्तर्राष्ट्रिय उडानका लागि तयारी गरिने छ… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलको उम्मेदवारी घोषणा

अर्जुन पोखरेल
पोखरा, २२ साउन / पोखरा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष बन्न हालका उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन मार्फत उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् । उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताए । उनी संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष… पुरा पढौ

चार अर्व बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यकः मन्त्री बराल

रामजी प्रसाद बराल
पोखरा २२, साउन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चार अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालको भनाई थियो । उपभोग्ताबादी सोचलाई अब युवा बर्ग तथा क्रान्तिकारीहरुले मात्र… पुरा पढौ

अंश बण्डाको ५ करोड माथिको थैली अंकमा १.५ प्रतिशत कायम भएको अर्थ मन्त्रालयको भनाई

पोखरा, २२ साउन/ घर जग्गा रजिष्टे«स तथा अंश बण्डामा गण्डकी प्रदेश सरकारले प्रगतीशिल करको सिद्धान्त अनुसार करमा सामान्य हेरफेर गरेको छ । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म करिब साँढे ४ बर्षसम्म करको दर तथा दायरा समेत खासै परिवर्तन भएको अबस्थामा प्रगतीशिल करको सिद्धान्त अनुसार करमा सामान्य हेरफेर गरिएको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ । प्रगतिशिल करको सिद्धान्त बमोजिम ५ करोड भन्दा माथिको थैली अंकको हकमा साविकमा लाग्दै आएको १ प्रतिशत शुल्कमा ०.५ मात्रै वृद्धि गरी १.५ प्रतिशत कायम गरिएको मन्त्रालयका… पुरा पढौ