मयूर सहकारीको प्रथम वार्षिक साधारण सभा
पोखरा, ४ असोज/ मयूर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा आठौं संविधान दिवसको अवसर पारेर सोमवार सम्पन्न भएको छ ।
संस्थाको भदौँ ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम विभिन्न प्रस्तावहरुमाहरू सहित संस्थाको अध्यक्ष, सचिव कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन छलफल तथा अनुमोदन सहित बचत नीति, ऋण नीति, आर्थिक प्रशासन नीति एबम नियमावली, मानव संसाधन नीति, सुसान नीति, पारित सहित विभिन्न बिषयमा छलफल सहित निर्णय गर्नको लागि साधारण सभाको आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका सहकारी विभागका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले एउटै व्यक्ति धेरै सहकारीमा आवद्ध हुन नहुने बताउँदै शेयर सदस्यहरुले संस्थामा नियमित रकम बचत गर्नुपर्ने बताउनभुयो । महानगर सहकारीलाई ठूलो बनाउँदै लैजाने योजनामा रहेको जनाउँदै वैद्यताका साथ मात्र सहकारी सञ्चालन गर्नुपर्नेमा अधिकारीको जोड थियो । सहकारी देश बनाउनको लागि भएकोले सबैलाई सहकारीमा जोडिन अधिकारीले आग्रह गर्नुभयो ।
पोखरा महानगर सहकारी विभागका दर्ता अधिकारी भरत राज पौडेलले सहकारीमा केही रकम भएपनि बचत गर्न सकियो भने भविष्यको लागि राम्रो हुने बताउँदै संस्थाले गर्ने कार्यहरु पूरा गर्न सुझाउनुभयो । मयूर सहकारीका अध्यक्ष मिनराज खड्काले सहकारी लगानी गर्न चाहनेहरुको लागि भएको बताउँदै सहकारीले आत्मनिर्भर बन्न सिकाइ उद्यमशीलता विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रबन्धक नरेश पाण्डेले सहकारीहरुले आपसी सहकार्य गर्न सके हलको आर्थिक समस्या सहज रुपमा समाधान गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैँक बाग्लुङ शाखाका डेपुटी म्यानेजर हरि अधिकारी, जनरल इन्सुरेन्सका बजार विभाग प्रमुख सञ्जीव पौडेल, पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्नीधर त्रिपाठी, नमुना आदर्श आमा समुह मालेपाटनका अध्यक्ष जानुका थापा लगायतले आफ्नो भनाई सहित विचार राख्नु भएको थियो ।
प्रथम साधारणसभाले सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, सचिवको २०७८/०७९ को वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, कोषाध्यक्षले प्रस्तुत गरेको भावी कार्यक्रम तथा अनुमानित वार्षिक बजेट र स्वतन्त्र लेखापरिक्षकको प्रतिवेदन सर्वसम्मत्ले पारित गरेको छ ।
सोही अवसरमा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्तममा सहकारीका सात सिद्धान्त संस्थाका सञ्चालक समितिका सदस्य सुनिल पराजुलीले वाचन गर्नुभएको थियो । मयूर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मिनराज खड्कको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पौडेलले तथा सञ्चालन सचिव प्रेमप्रसाद आचार्य र शिक्षा समिति सदस्य रमेश सुवेदीले गर्नुभएको थियो ।