अर्थतन्त्र

पोखराको चैत अन्तिम साता हेमजा आलु महोत्सव

पोखराको चैत अन्तिम साता हेमजा आलु महोत्सव
पोखरा, १९ चैत/ चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरुको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।… पुरा पढौ

ल्हासा– पोखरा– ल्हासा सिधा उडान शुरु

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १८ चैत/ नियमित संचालनमा आएको झन्डै २६ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ल्हासाबाट यात्रु लिएर सोमबार पोखरा विमनस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको हो । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएकोे जहाज सोमबार दिउँसो १ बजेर ५५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यसमध्ये ३२ चिनियाँ र ७५… पुरा पढौ

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक
पोखरा, १५ चैत/ नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा पोखरामा पनि सार्वजनिक भएको छ । पोखरामा जारी ‘वाडा अटो शो’को पहिलो दिन बिहीबार यी गाडी सार्वजनिक गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ लगायतले गाडी अनावरण गरेका हुन् । नेपाली बजारमा केही समययता प्रतिक्षा गरिँदै आएको क्रेटा ईभीको चारवटा भेरियन्ट नेपाल आएको हो । जसअनुसार एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य घट्यो (पोखरामा कति)

नेपाल आयल निगम
पोखरा, २ चैत/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैया , डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट घटेर आएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा भएको छ । त्यसै गरी सुर्खेत र दाङ्गमा पेट्रोल प्रतिलिटर १६२ र डिजेल तथा मट्टीतेल १५० रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल… पुरा पढौ

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग
पोखरा, २ चैत्र/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई मेडल सहित सम्मान प्रदान गरेको छ । वर्ष उत्कृष्ट कर्मचारीको उपाधि तिर्थराज अधिकारीले पाए । त्यसै गरी दिर्घ सेवा पुरस्कारबाट रामकृष्ण कडेल १० वर्ष तथा निर्मला विष्ट, सविन पौडेल र अमित घलेले ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएमा उनीहरुले दिर्घ… पुरा पढौ

बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स पोखराको हरिचोकमा सञ्चालनमा

बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स पोखराको हरिचोकमा सञ्चालनमा
पोखरा, २९ फागुन/ बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । बिजीएन ग्रुपलले पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा ल्याएको हो । आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार उद्घाटन गरे । मन्त्री थापाले नेपालमा केही हुदैँन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको भन्दै मन्त्री थापाले व्यवसाय सफलताको शुभकामना व्यक्त गरे… पुरा पढौ

नेपालमा २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

नेपालमा २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
पोखरा, २२ फागुन/ आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो । २ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त… पुरा पढौ

क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) को पोखरामा शाखा

क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा
पोखरा, १६ फागुन/ क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो । क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ञ नेपालको पर्यटकीय राजधानी पोखराका… पुरा पढौ

पेट्रोलको मूल्य बढ्यो, डिजलको घट्यो (पोखरामा कति)

नेपाल आयल निगम
पोखरा, ३ फागुन/ नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरे सगैँ पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । फागुन ३ को मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । डिजेल तथा मट्टितेलको मूल्य भने ४ रुपैयाँ घटेको छ । नयाँ मुल्य चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पेट्रोलको मुल्य १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यसै गरी… पुरा पढौ

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट

द क्लिफमा ट्यान्डम बन्जीु र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरी भरी छुटैछुट
पोखरा, २ फागुन/ पर्यटकहरुका लागि समय समयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चर तर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ । स्वीङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । ूअब पर्यटकहरुले आफूले… पुरा पढौ