अर्थतन्त्र

गण्डकी प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट

जीतप्रकाश आले
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८.१ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६०.४ प्रतिशत) विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ (१.५ प्रतिशत) छुट्याइएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा ३३ अर्बको बजेट आउने

गण्डकी प्रदेशसभा
पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । चालु वर्षमा ३५ अर्ब ९० करोडको बजेट कार्यान्वयन गरेको सरकारले आगामी ३३ अर्ब हाराहारीमा बजेट ल्याउने तयारीमा छ । केन्द्र सरकारले दिने अनुदान घट्नु र आन्तरिक राजश्वमा समेत कमि आएका कारण बजेटको अंक घटाएर ल्याउन लागेको हो ।संघ सरकारले दिने अनुदानमध्ये सशर्त र समानीकरण अनुदान घटेको छ । सशर्तमा २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ घटाएको छ भने समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने… पुरा पढौ

अन्नपूर्ण केबलकारले ३१ करोडको सेयर निस्कासन गर्दै

अन्नपूर्ण केबलकार
पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका १८ मा सन्चालनमा रहेको अन्नपूर्ण केवलकार लिमिटेडले ३१ करोड रुपैयाँ बराबरको साधारण शेयर ल्याउदै छ । त्यसै गरी कम्पनीले संस्थापक सेयरधनीलाई ३४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर प्रदान गर्दै छ । कम्पनीले वैशाख २९ गते सम्पन्न विशेष साधारणसभाले संस्थापक शेयरधनीलाई १०० रुपैयाँ अकिंत दरको ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको गत जेठ ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुलाई रकम जम्मा गर्न आवेदन… पुरा पढौ

पोखरामा रियल चिनियाँ खानाको स्वाद, करिब ३ करोडको लगानिमा चाइनिज गार्डेन

पोखरामा रियल चिनियाँ खानाको स्वाद, करिब ३ करोडको लगानिमा चाइनिज गार्डेन
पोखरा, २४ जेठ/ देश अनुसारको भेष र खानाले त्यस देशलाई चिनाउ छ । पछिल्लो समय फिरन्ते जीवन शैलीले गर्दा अरु देशमा पनि देश अनुसारको खाना खान पाइन्छ । देश अनुसारको खानाका स्वादहरु रेष्टुरेन्टले पस्कने गरेका छन् । त्यस्तै पोखरा ६ अम्बोटमा चिनियाँ स्वाद तथा चिनियाँ खाना पस्कनका लािग चाइनिज गार्डेन एण्ड रेष्टुरेष्ट सञ्चालनमा आएको छ । नेपालमा पनि चिनियाँ स्वाद मन पराउनेहरु बढ्दै छन् भने चिनियाँ पर्यटकको पनि पहिलो रोजाइमा पर्ने गर्दछ । पोखराको लेकसाइड अम्बोटमा सञ्चालित चाइनिज गार्डेन रेष्टुरेन्टले… पुरा पढौ

सौन्दर्यकर्मी चिनु गुरुङलाई १ लाख नगद सहित उत्कृष्ट महिला उद्यमी सम्मानित

सौन्दर्यकर्मी चिनु गुरुङ्गलाई १ लाख नगद सहित उत्कृष्ट महिला उद्यमी सम्मानित
पोखरा, १६ जेठ/ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशबाट महिला उद्यमशितलामा योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको… पुरा पढौ

‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’

‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’
सत्ता र प्रतिपक्षी बसेर बजेट बनाऔं । अहिले अर्थमन्त्री, मुख्यमन्त्रीकहाँ योजना माग्ने आउनेले गर्दा उहाँहरूको झोला नै भरिएको छ । यो ट्रेण्ड तोडौं । – लिलबहादुर थापा मगर, सांसद, नेकपा एमाले स्रोत सुनिश्चित नभएका योजनालाई बहुवर्षीय योजनामा राखेर अर्को सरकारलाई अप्ठेरो पार्ने काम भइरहेको छ । त्यो बन्द गरौं । त्यसलाई हटाउन प्रोजेक्ट बैंकको कन्सेप्टलाई संस्थागत गरौं । – प्राडा लेखनाथ भट्टराई अर्को साल के गर्ने भन्ने अहिलेकै साउन–भदौदेखि सोच्नुपर्छ । अर्को वर्षलाई हुने गरेर आधारसहितको बजेट ल्याउन सक्ने हो… पुरा पढौ

काठमाडौं करिब डेढ अर्बको लगानीमा होटल बाराही काठमाडौं सञ्चालनमा

होटल बाराही काठमाडौं
काठमाडौँ, ७ जेठ/ पोखरामा स्तरीय सेवा प्रदान गर्दै आएको होटल बाराहीले काठमाडौंमा पनि सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल बाराही काठमाडौं आजबाट सञ्चालनमा ल्याएको छ । फोर स्टार स्ट्यान्डर्ड अनुमति लिएको होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका निर्देशक विप्लब पौडेले जानकारी दिए । लाउन्ज र थिएटर सेटअपमा १ सय २० जना अट्ने सभा हल सहित… पुरा पढौ

पोउवा संघले आयोजनागर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई

पोउवा संघले आयोजनागर्ने मेलाको मिति तथा मेला प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई
पोखरा, २ जेठ/ पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । संंयोजकको रुपमा थापाले मेलालाई कसरी उद्योगी/व्यवसाय प्रवद्र्धनको माध्यम बनाउने भन्नेबारे विज्ञहरुसँग छलफल गरी संघलाई सुझाव प्रदान गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए । उपसमितिको लागि आवश्यक सदस्य छान्ने जिम्मेवारी थापालाई नै प्रदान गरिएको छ । थापाले आउँदो असारको अन्तिमसम्म… पुरा पढौ

चर्को भाडाका कारण व्यवसायी पलायन, घरभाडामा छुट दिन आग्रह

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, २० वैशाख/ पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन तथा घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले। सो आग्रह गरेको हो । संघका महासचिव बलराम आचार्यद्धारा बुधबार जारी विज्ञप्तिमा बैंकको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरुलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ । महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका… पुरा पढौ

सेलवेजको नयाँ शाखा पोखराको अमरसिंहमा

सेलवेजको नयाँ शाखा पोखराको अमरसिंहमा
पोखरा, १४ बैशाख/ पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोक थप नयाँ शाखा शुक्रबार देखी सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए । सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो सातौ शाखा हो भने सेलवेयज र सेल्सवेरी… पुरा पढौ