अर्थतन्त्र

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक -व्यवसायी

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी
पोखरा, १९ माघ/ पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाले माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर गरेको छ । व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ । भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष
पोखरा, १९ माघपोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ । संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरु सदस्य रहेका छन् । ‘बैंक तथा… पुरा पढौ

नेबिको मह बजारमा

नेबिको मह बजारमा
पोखरा, ११ माघ/ नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो । नेबिको प्रालिले बिस्कुट, कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ । हालै नेबिको मह बजारमा ल्याएको छ । एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा ल्याएको कम्पनीले जनाएको छ । करिब छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउने जनाएको छ । उपभोक्ता मुल्य एक केजीको… पुरा पढौ

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा
पोखरा, ९ माघ/ फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको कार्यक्रममा जानकारी दिईएको… पुरा पढौ

पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधी गोलेलाई

पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधी गोलेलाई
पोखरा, ९ माघ/ एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधी लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधी संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न… पुरा पढौ

पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई छुट

पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई छुट
पोखरा, ५ माघ/ पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा। अभिषेक मास्केबीच भएको सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत,निशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा… पुरा पढौ

लेकसाइडमा ८ करोडमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालन, चाँदीको थालमा चाँदीकै चम्चा

लेकसाइडमा ८ करोडमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालन, चाँदीको थालमा चाँदीकै चम्चा
पोखरा, ४ माघ/ पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले लाउञ्ज संचालनमा ल्याएका हुन् । लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं… पुरा पढौ

पोखरा, दमौली र लेखनाथमा नयाँ इन्टरनेट, महिनाको ३ सय र ५ सय रुपैयाँ

पोखरा, दमौली र लेखनाथमा नयाँ इन्टरनेट, महिनाको ३ सय र ५ सय रुपैयाँ
पोखरा, ४ माघ/ पोखरा, दमौली र लेखनाथ नयाँ इन्टरनेट सेवा विस्तार भएको छ । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले सेवा विस्तार गरेको हो । काठमाडौंमा सफलता पूर्वक सुरुवात भई संचालनमा रहेको यस इन्टरनेट सेवा प्रदायक संस्थाले महिनाको ५ सय रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने वाईफाई नेपालका सिइओ शत्रुधन पञ्जियारले बताए । उनका अनुसार वाईफाई नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको मात्र ३ सय ३३… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार दर्शकको भीड

पोखरा महोत्सवमा शनिवार दर्शकको भीड
पोखरा, ३० पुस/ एघारौं पोखरा महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको चौथो दिन शनिवार दर्शकको भीड लागेको हो । शनिवार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा दर्शकको भीड संगै आर्थिक कारोबार समेत बढ्दै गइरहेको छ । महोत्सवमा घोडसावर, महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको ब्यवस्था मिलाइएको छ । त्यसैगरी महोत्सव स्थलमै टिकटक बनाइ पुरस्कारको ब्यवथा गरिएकाले पनि दर्शकहरु आकर्षित भइरहेको… पुरा पढौ

पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर

एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर
पोखरा, २९ पुस/ पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079pm राखेर भिडियो अप्लोड गर्नुपर्ने छ । सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट… पुरा पढौ