पोखरामा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा

-


     क्लिक गण्डकी     
     चैत्र ८ गते २०७९ मा प्रकाशित


होटल पौवा

होटल पौवा

पोखरा, ८ चैत/ पोखरामा लेकसाइडमा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा ल्याएको छ । होटल पौवा प्रालिले ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा होटल सञ्चालनमा ल्याएको हो । होटलको औपचारीक उद्घाटन भने चैत १० गते गर्ने तयारी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बगैंचा सहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु रहेको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले कोठामा वातानुकुलित रहेका बताए । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिने उनले बताए ।

होटलमा दुई वटा सेमिनार हल र कन्फरेन्स हल रहेका छन् । होटलमा एक हजार भन्दा बढी क्षमताको ‘फेवा हल’ रहेको र अको सानो हल रहेको उनको भनाई छ ।

रुपन्देहीको सालझण्डीबाट सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि ११ औ शाखाका रुपमा रहेको पौवा प्रालीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

उनले सबै शाखामा गरेर करिब ३ सय जनाले रोजगारी पाएको बताए । १ सय ५० जना शेयर सदस्य रहेको प्रालिले निकट भविस्यमा नेपालगञ्ज काठमाडौं लगाएतका शहरमा पनि होटल खोल्ने तयारी रहेको उनले बताए ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जस अन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको उनले बताए ।



Tags: ,