अर्थतन्त्र

टेम्पल ट्री रिसोर्ट एण्ड स्पा १३ औं वर्षमा

पोखरा, १ चैत/ पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न अन्र्तराष्ट्रिय सोसल मिडिया तथा साइटहरुले यो रिसोर्टलाई उत्कृष्ट रिसोर्टको सूचीमा राखेको छ । त्यस्तै, बुकिङ डट कमले पनि यो रिसोर्टलाई वर्षेनी उत्कृष्ट स्टार प्रदान गर्दै आएको छ । १३ आंै वर्ष प्रवेशका अवसरमा रिसोर्ट सञ्चालकहरुविच शुभकामना आदान–प्रदान… पुरा पढौ

रुपाताल छेउमा सिस्टेनी मेला

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला
पोखरा, ३० फागुन/ रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ । मेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा शान्ति रुपमा तमु समाजका निवर्तमा अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले परापूर्व कालदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए । ‘रुपाताल छेउमा पहिले… पुरा पढौ

लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा

लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा
पोखरा, ३० फागुन/ लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिर्सोट संचालनमा ल्याएका हुन् । पोखरा देखि २५ मिनेटमा पुगिने रिर्सोट पोखरा २८ स्याङखुदी लेखनाथमा अवस्थित छ । गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिर्सोट संचालनमा ल्याएको भुर्तेलले बताए । लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरुलाई रिर्सोट उपयुक्त हुने भनाई उनको छ । करिब एक करोड लगानीमा संचालनमा आएको रिर्सोट मार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास उनले लिएका छन् ।… पुरा पढौ

रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम उद्घाटन

रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम उद्घाटन
पोखरा, २९ फागुन/ लुम्बिनी विकास बैंक लिमिटेडले सेवालाई अझ प्रभावकारी बनाउन पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ उद्घाटन गरे । कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानियले एटिएमले बैंकको सेवा लिन अझ सजिलो हुने बताए । शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको बारेमा जानकारी दिएका थिए । बैंकले हाल… पुरा पढौ

पोखरामा चैत अन्तिम साता फेवा नव बर्ष महोत्सव

पोखरामा चैत अन्तिम साता फेवा नव बर्ष महोत्सव
पोखरा, २१ फागुन/ होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताए । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य… पुरा पढौ

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने, रुपा तालको शिर हजुर गीत सार्वजनिक

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने, रुपा तालको शिर हजुर गीत सार्वजनिक
पोखरा, १५ फागुन/ १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको… पुरा पढौ

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

Upgrade to an Electrifying Drive with Hyundai's EV Exchange Offer
पोखरा, १४ फागुन/ नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ । हुन्डाईले “Upgrade your Electric Journey with IONIQ 5” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी KONAवा IONIQ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा KONAको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी जनाएको छ । यो अभियानले नयाँ र विकसित… पुरा पढौ

पोखरामा सेगवेको शोरुम संचालनमा, इलेक्ट्रिक स्कुटरको कति मुल्य

पोखरामा सेगवेको शोरुम संचालनमा, इलेक्ट्रिक स्कुटरको कति मुल्य
पोखरा, १३ फागुन/ पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे । शोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याएका हुन् । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो ईलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आईहव प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए ।… पुरा पढौ

लेकसाइडमा ३ करोडको लागतमा ले स्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा

लेस्पा बाइ डोनाल्डजी
पोखरा, १२ फागुन/ पोखराको लेकसाइडमा ले स्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरुले उद्घाटन गरे । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलोपटक स्पा भित्र्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजीले यो स्पाको प्रबन्ध निर्देशक रहेका छन् । उनले स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिने बताए ।… पुरा पढौ

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा
पोखरा, ११ फागुन / पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी उठ्नै… पुरा पढौ