पोखरामा सिजी नेटको सेवा शुरु

-


     क्लिक गण्डकी     
     वैशाख ३ गते २०८० मा प्रकाशित


पोखरामा सिजी नेटको सेवा शुरु

पोखरामा सिजी नेटको सेवा शुरु

पोखरा, ३ बैशाख/ सिजी नेटले पोखरामा सेवा शुरु गरेको छ । पोखरामा आइतबार सेवाको उद्घाटन गर्दै ¥यालीको आयोजना ग¥यो । सिजी नेटले सेवा सगँ विभिन्न अफर समेत ल्याएको छ । इन्टरनेट र आइपिटिभीका साथ सिजी नेटले ’स्पिड दमदार प्राइस शानदार’ अफर सार्वजनिक गरेको छ ।

यो अफरमा ग्राहकहरूले मासिक ७ सय ९९ रुपैयाँमा १३० एमबिपिएस नेट, एक हजार ४९ रुपैयाँमा २५० एमबिपिएस र एक हजार दुई सय ९९ रुपैयाँमा ३५० एमबिपिएस नेटको सुविधा पाउन सक्नेछन् । सिजी नेटले प्रयोगकर्ताहरूलाई तीन लाखसम्मको दुर्घटना बिमा दिने घोषणा गरेको छ ।

यसबाहेक सिजीका घडी, इयरफोन, टेलिभिजन लगायत अन्य घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको छुट अफर दिने घोषणा गरेको छ । सिजी नेट जोडेर प्रयोगकर्ताहरूले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् ।



Tags: ,