पोखरा, १६ चैत/ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । ‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्याम प्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती…
पुरा पढौ