इन्धनको मूल्य घट्यो

-


     क्लिक गण्डकी     
     असार १९ गते २०८० मा प्रकाशित


नेपाल आयल निगम

पोखरा, १९ असार/ नेपाल आयल निगमले सोमबार साँझ पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।

यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा लगाएतका क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।

त्यसै गरी आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने १८ सय नै छ ।



Tags: