अर्थतन्त्र

पोखराको सृर्जनाचोकमा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’

पोखराको सृर्जनाचोकमा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’
पोखरा, ५ साउन/ नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ । सेन्टर करिब एक… पुरा पढौ

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास

पोखरा विमानस्थल सञ्चालनको ७ महिना पछि हवाई इनधन डिपोको शिलन्यास
पोखरा, २ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७ महिनापछि हवाई इन्धन डिपोको निर्माण सुरु भएको छ । अग्रेजी नयाँ वर्ष अथार्त गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले डिपोको शिलन्यास गरे । ३६ लाख लिटर हवाई इन्धन भण्डारण ट्यांक निर्माण गरिने योजना रहेको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । विमानस्थल परिसरभित्र डिपो नहुदा पोखरा विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको… पुरा पढौ

पोखरामा नेपालकै दोस्रो ठुलो डिजेल भण्डार, मन्त्री रिजालले गरे उद्घाटन

नेपाल आयल निगम
पोखरा, १ असार/ नेपाल आयल निगमले पोखराको गगन गौडामा १० हजार किलो लिटर डिजलको भण्डारण गृह सुरु भएको छ । सोमबार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गण्डकी प्रादेशिक कार्यालय पोखरामा पेट्रोलियम पदार्थको भण्डारण वृद्धि परियोजना अन्तर्गतको भण्डारण गृह तथा अग्नी सुरक्षा संयन्त्र उद्घाटन गरे । सञ्चालनमा आए सगँ डिजलको भण्डारण गृह नेपालको नै दोस्रो ठूलो भण्डारण गृह भएको छ । सो भण्डारण निगमको आफ्नै लगानीमा निर्माण भएको हो । डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई… पुरा पढौ

पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल

पोखराको पुम्दिकोटमा १४ करोड लगानीमा ड्रिम सिटी पार्क, एकोरियम देखी सिसाको पुल
पोखरा, ३० असार/ पोखरा २२ पुम्दीकोटमा पर्यटकलाई आक्रषर्ण थप गर्न मनोरञ्जन पार्क ‘ड्रिम सिटी’ सञ्चालनमा आएको छ । पुम्दिकोटमा रहेको महादेवको मूर्ति नजिकै पार्क रहेको छ । पुम्दिकोट महादेवको मन्दिर र पार्क एउटै समयमा अवलोकन गर्न सकिन्छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा हट एयर बलुनको फोटो बुथ, ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, सिसाको स्काई वाक, झरना, रेष्टुरेन्ट लगायत सञ्चालनमा आइसकेको छ । पर्यटकहरूले फोटो भिडियो बनाउन सक्ने छन् । त्यसै गरी एक्वीरियम सञ्चालनको तयारीमा रहेको छ । ड्रिम सिटी प्रालिले… पुरा पढौ

टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्टको प्रशिक्षण

टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्टको प्रशिक्षण
पोखरा, २३ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई ईभेन्ट म्यानेजमेन्टका बारेमा प्रशिक्षण दिएको छ । कलेज स्थापनाको २५ औं वर्षको अवसरमा कलेजमा विभिन्न तालिम तथा सेमिनारहरु गर्दै आएको छ । बेकरी तालिम, आतिथ्यता तथा दक्षता अभिबृद्धिका कार्यक्रमहरु निरन्तर भईरहेका र बीएचएम, बीबीए, बीबीए बीआई र प्लस टू होटल म्यानेजमेन्टका विद्यार्थीको लागि “म्यानेजिङ इभेन्टस्, प्रोस्पेक्ट एण्ड च्यालेन्जेज” का बारेमा कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । ईभेन्ट म्यानेजमेन्टका बारेमा सञ्चारकर्मी तथा… पुरा पढौ

रेवानको फुड एण्ड वेभरेज सम्बन्धि तीन दिने तालिम, सिकेका कुरा व्यवहारमा लगाउ

रेवानको फुड एण्ड वेभरेज सम्बन्धि तीन दिने तालिम, सिकेका कुरा व्यवहारमा लगाउ
पोखरा, १९ असार/ खानेकुराका परिकारलाई अझ स्वस्थकर र गुणस्तरीय सेवा दिने उद्देश्यले रेवान पोखराले तीन दिने तालिम दिएको छ । रेवानमा आवद्ध सदस्यहरुका रेष्टुरेष्टमा कार्यरत ३० जनालाई तालिम प्रदान गरेको हो । रेवान पोखराको आयोजना, नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा फुड एण्ड वेभरेज सम्बन्धि तालिम प्रदान गरेको हो । समापन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोख्रेलले दक्षता हाँसिलका लागि तालिम महत्वपूर्ण रहने बताए । पर्यटन क्षेत्रमा दक्ष कामदार भए मात्रै पर्यटकलाई स्तरिय सेवा प्रदान गर्न… पुरा पढौ

इन्धनको मूल्य घट्यो

पोखरा, १९ असार/ नेपाल आयल निगमले सोमबार साँझ पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं पोखरा लगाएतका क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम… पुरा पढौ

२५औं सडक महोत्सवको संयोजकमा विश्वराज, सहसंयोजकमा वैभव

२५औं सडक महोत्सवको संयोजकमा विश्वराज, सहसंयोजकमा वैभव
पोखरा, १४ असार/ रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले आयोजनाका गर्ने २५औं सडक महोत्सवको संयोजकमा विश्वराज पौडेल र सहसंयोजकको जिम्मा वैभव पौडेलले पाएका छन् । रेवानका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले वैभव पौडेललाई सहसंयोजकको जिम्मा दिएको हो । अघिल्लो बैठकले संयोजकमा विश्वराज पौडेललाई चयन गरेको थियो । रेबान पोखराले व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनको उद्देश्यले स्थापना भएको संस्था हो । पोखराको फेवातालको किनारामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवामा समर्पित ९० वटा रेष्टुरेण्ट तथा वारहरु सदस्य रहेको रेवान… पुरा पढौ

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग, भारतकै कारण सम्भव भएन

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन व्यवसायीको माग, भारतकै कारण सम्भव भएन
पोखरा, ११ असार/ नेपाल राष्ट्र बैंक पोखराकी निर्देशक आर्या जोशीले आपूर्ति बढी हुँदा बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ति भएको बताएकी छन् । ‘भारतीय पर्यटकहरुको आवागमन बढेको छ, सीमा क्षेत्रमा त क्यासिनो पनि खुलेका छन्,त्यहाँबाट भारतीय रुपैयाँ भित्रिएको छ’उनले भनिन्,‘भारतबाट हुने आयात कम हुँदा माग भने कम भएको छ ।’ निर्देशक जोशी पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थिइन् । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको,… पुरा पढौ

पोखराको सेदीमा करिब १ अर्बको लागतमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा

पोखराको सेदीमा करिब १ अर्बको लागतमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा
पोखरा, ९ असार/ पोखरा महानगरपालिका १८ सेदीमा पर्यटनलाई लक्ष्त गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनमा आएको छ । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा आएको हो । पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न नयाँ अवधारणा सहित रिसोर्ट सञ्चालन ल्याएको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए । उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षीत गर्ने लक्ष्य सहित असार ६ गते देखी सञ्चालनमा ल्याएको तामाङले बताए । अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा १३ वटा भिल्लामा रिर्सोट… पुरा पढौ