लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा विनोद श्रेष्ठ विजयी (कस्को कति मत सहित)

-


     क्लिक गण्डकी     
     भाद्र २४ गते २०८० मा प्रकाशित


कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा

पोखरा, २४ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचमा विनोद श्रेष्ठले विजयी भएका छन् ।

१ हजार ६ सय २३ मत गणना हुदाँ श्रेष्ठले ८ सय ३५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी भरतकुमार अधिकारीले ७ सय ४५ मत प्राप्त गरेका छन् । गणना हुन बाँकी ८८ मत रहदा श्रेष्ठले ९० मतले अग्रता लिएका छन् ।

शनिबार सम्पन्न मतदानमा १ हजार ७ सय ११ मत खसेको थियो । दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा भरत कुमार अधिकारी र विनोद श्रेष्ठ प्यानले नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।