अर्थतन्त्र

सूर्य सूर्यदर्शन र इमेज सहकारी पोखरा महानगरको समस्याग्रस्त सूचीमा

पोखरा महानगरपालिका
पोखरा, १ कात्र्तिक/ पोखरा महानगरपालिकाले सूर्यदर्शन र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा सूचीकृत गरेको छ । महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ । दुवै सहकारीको विवरण प्रदेशमा पठाउने निर्णय भएको पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए । उनले प्रदेशले संघलाई पठाउँने र त्यसपछि आवश्यक निरीक्षण र कारबाही प्रक्रिया अघि बढ्ने बताए । सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ठगी भएको उजुरी परेको छ । सहकारीविरुद्ध १… पुरा पढौ

पोखरामा दशैमा ३० हजार खसि च्यांग्रा खपत हुने

च्यांग्रा
पोखरा, ३० असोज/ दशैमा पोखरा र आसपासमा खसीबोका भन्दा धेरै हिमाली जिल्लाबाट झरेका च्यांग्रा र भेडा पहिलो रोजाइमा पर्दछन् । पोखरामा धेरै च्यांग्रा मुस्ताङबाटै ल्याइने गर्दछ । कोरोना भन्दा पहिलो तिब्बतदेखि पनि पोखरामा च्यांग्रा आइपुग्थे । कोरोनाका कारण मुस्ताङमा चीनको कोराला नाका बन्द हुदाँ च्यांग्रा आएका छैनन् । त्यस्कै अभावलाई पोखरामा पश्चिमका जिल्लाबाट च्यांग्रा भित्रीएका छन् । घटस्थापना सँगै पोखरा १ याम्दी क्षेत्रमा भेडा– च्यांग्राका बथान आइपुगेका छन् ।पोखरामा दशैका लागि मुस्ताङबाट च्यांग्रा र भेडा आउने गर्दछन् । तर पछिल्ला… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पोखरामा कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, २८ असोज/ नेपाल आयल निगमले पेट्रोलीयम प्रदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । पुरा पढौ

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने
पोखरा, २८ असोज/ बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नम्बर २८ सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए ।उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने बानीको विकास… पुरा पढौ

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले

वार्षिक साधारणसभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक छ– रजिष्ट्रार वाग्ले
पोखरा, २८ असोज/ सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका निमित्त रजिष्ट्रार चोलाकान्त वाग्लेले वार्षिक साधारण सभा गर्न सक्ने सहकारीको वित्तिय अवस्था ठिक रहेको बताएका छन् । पामे बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले वित्तिय अवस्था खराब हुने सहकारीले साधारण सभा समेत गर्न नसकेको बताए । उनले पोखरा केही सहकारीको मात्रै वित्तिय अवस्था खराब रहेको बताए । ठुला भनिएका केही सहकारी कै वित्तिय अवस्था खराब देखीएको बताए । उनले सहकारी नीति प्रविधि र विधिबाट चल्नुपर्ने बताउदै… पुरा पढौ

पोखरामा सस्तो पसलः चिनी तानातन्, नुन फालाफाल्

नुन
पोखरा, २८ असोज/ पोखराको साल्ट ट्रेडिङमा दसैँ र तिहारलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा छ । अघिल्ला वर्षहरुमा जस्तो उपभोक्ता बजारबाट चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएको भन्दै सरकारले नै निम्न तथा मध्यम वर्गीय नागरिक लक्षित सुपथ मूल्यको पसल सुरु गरेको छ । पोखराको डिपोमा नुन, चिनी, चामल, मल, तेललगायत सामान बेच्नका लागि खुलेको पसलमा उपभोक्ताको सबैभन्दा बढी माग चिनीमा छ । तर चिनी पाइदैन । बजारमा चिनीको नपाइने र पाएको ठाउँमा पनि मूल्य आकासिएपछि उपभोक्ताहरु पृथ्वीचोकस्थित ट्रेडिङमा किन्नका लागि… पुरा पढौ

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात
पोखरा, २७ असोज/ नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सेवाग्राही तथा कर्मचारीबाट कारोबार गर्दा गरिने नगद रकमलाई विद्युतीय भुक्तानी माध्यमबाट लिन सकिने गरी क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याउने भएको छ । यससँगै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ/सुकिलो नोट लिँदा क्युआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ«े बैंक लिमिटेडसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका तर्फबाट निर्देशक… पुरा पढौ

व्यापार घाटा घटाउन नीति फेर्न छलफल गर्दै सरकार

व्यापार घाटा घटाउन, नीति फेर्न छलफल गर्दै सरकार
पोखरा, २७ असोज/ सरकारले बस्तु निर्यातको दर बढाउनका लागि अनुकूल हुने गरी वाणिज्य नीतिको मस्यौदा सम्सोधन गर्न लगेको छ । मस्यौदामाथि प्रदेश तहमा छलफल चलाइएको छ । वाणिज्य मन्त्रालयले पोखरामा नीतिमाथि छलफल गरेर सुझाव लिएको छ । संघीयताको मोडलअनुसार वाणिज्य नीति परिमार्जन गर्न लागिएको मन्त्रालयका सहसचिव लिलाप्रसाद शर्मा बताए । उनले उच्च आयात र साँघुरो निर्यातबाट व्यापार घाटा फराकिलो हुँदै गएको बताए । उनले छिमेकी मुलुक भारतमा मात्रै कूल निर्यातको ७० प्रतिशत र आयातको ६५ प्रतिशत हिस्सा भारतको रहेको उनले… पुरा पढौ

पोखरा लेकसाइडमा २ करोड लगानीमा मार्फा थकाली भान्छा

मार्फा थकाली
पोखरा, २६ असोज/ पोखरा घुम्न आउनेले र पोखरेलीलाई सेवा दिने उद्देश्यले पोखरा ६ लेकसाइडको डिहिको पाटनमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा स्टेशन द फुड क्लब सञ्चालन गर्दै आएका आयुष श्रेष्ठले ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् । विजयादशमीको घटस्थापनाको दिनबाट अपौचारीक रुपमा सञ्चालनमा ल्याउन लागिको मार्फा थकाली भान्छामा निलिमा हिराचन श्रेष्ठले साथ दिएकी छन् । सञ्चालक आयुष श्रेष्ठले करिब २ करोडको लगानीमा मार्फा थकाली सञ्चालनमा ल्याएको बताए । घर सहितको संरचना बनाएर मार्फा थकाली… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र… पुरा पढौ