अर्थतन्त्र

पोखरामा सस्तो पसलः चिनी तानातन्, नुन फालाफाल्

नुन
पोखरा, २८ असोज/ पोखराको साल्ट ट्रेडिङमा दसैँ र तिहारलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा छ । अघिल्ला वर्षहरुमा जस्तो उपभोक्ता बजारबाट चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएको भन्दै सरकारले नै निम्न तथा मध्यम वर्गीय नागरिक लक्षित सुपथ मूल्यको पसल सुरु गरेको छ । पोखराको डिपोमा नुन, चिनी, चामल, मल, तेललगायत सामान बेच्नका लागि खुलेको पसलमा उपभोक्ताको सबैभन्दा बढी माग चिनीमा छ । तर चिनी पाइदैन । बजारमा चिनीको नपाइने र पाएको ठाउँमा पनि मूल्य आकासिएपछि उपभोक्ताहरु पृथ्वीचोकस्थित ट्रेडिङमा किन्नका लागि… पुरा पढौ

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट क्युआर भुक्तानी प्रणालीको शुरुवात
पोखरा, २७ असोज/ नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सेवाग्राही तथा कर्मचारीबाट कारोबार गर्दा गरिने नगद रकमलाई विद्युतीय भुक्तानी माध्यमबाट लिन सकिने गरी क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याउने भएको छ । यससँगै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ/सुकिलो नोट लिँदा क्युआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ«े बैंक लिमिटेडसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका तर्फबाट निर्देशक… पुरा पढौ

व्यापार घाटा घटाउन नीति फेर्न छलफल गर्दै सरकार

व्यापार घाटा घटाउन, नीति फेर्न छलफल गर्दै सरकार
पोखरा, २७ असोज/ सरकारले बस्तु निर्यातको दर बढाउनका लागि अनुकूल हुने गरी वाणिज्य नीतिको मस्यौदा सम्सोधन गर्न लगेको छ । मस्यौदामाथि प्रदेश तहमा छलफल चलाइएको छ । वाणिज्य मन्त्रालयले पोखरामा नीतिमाथि छलफल गरेर सुझाव लिएको छ । संघीयताको मोडलअनुसार वाणिज्य नीति परिमार्जन गर्न लागिएको मन्त्रालयका सहसचिव लिलाप्रसाद शर्मा बताए । उनले उच्च आयात र साँघुरो निर्यातबाट व्यापार घाटा फराकिलो हुँदै गएको बताए । उनले छिमेकी मुलुक भारतमा मात्रै कूल निर्यातको ७० प्रतिशत र आयातको ६५ प्रतिशत हिस्सा भारतको रहेको उनले… पुरा पढौ

पोखरा लेकसाइडमा २ करोड लगानीमा मार्फा थकाली भान्छा

मार्फा थकाली
पोखरा, २६ असोज/ पोखरा घुम्न आउनेले र पोखरेलीलाई सेवा दिने उद्देश्यले पोखरा ६ लेकसाइडको डिहिको पाटनमा मार्फा थकाली भान्छा घर सञ्चालनमा आएको छ । पोखराको गैह्रापाटनमा स्टेशन द फुड क्लब सञ्चालन गर्दै आएका आयुष श्रेष्ठले ‘मार्फा थकाली बाइ स्टेशन’ सञ्चालनमा ल्याएका हुन् । विजयादशमीको घटस्थापनाको दिनबाट अपौचारीक रुपमा सञ्चालनमा ल्याउन लागिको मार्फा थकाली भान्छामा निलिमा हिराचन श्रेष्ठले साथ दिएकी छन् । सञ्चालक आयुष श्रेष्ठले करिब २ करोडको लगानीमा मार्फा थकाली सञ्चालनमा ल्याएको बताए । घर सहितको संरचना बनाएर मार्फा थकाली… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कुमार रम्तेल थुनामा, अन्यको खोजी
पोखरा, २३ असोज/ सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा परेका छन् । आइतबार जिल्ला अदालत कास्कीमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको तथ्यलाई स्वीकार गरी बयान गरेको देखिएको, जाहेरी दरखास्त, घटना विवरण कागज, बरामती मुचुल्का, प्रतिवादीको मौकाको बयान र नियामक निकायको वित्तीय स्थितिका सम्बन्धमा विश्लेषणात्मक प्रतिवेदन समेतका आधार, कारण र… पुरा पढौ

बैंक खातामा रकम नभई चेक काट्नेलाई २ वर्ष कैद सजाय

काठमाडौं, २१ असोज/ बैंकमा रहेको आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ । संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव राखिएको हो । चेक अनादरको मुद्दामा खातावालालाई बिगोको पाँच प्रतिशत रकम जरिवाना र कैद सजाय हुन्छ । यसअघि चेक अनादरमा तीन महिना कैद र बिगो बराबर जरिवानाको व्यवस्था थियो । अब प्रस्तावित विधेयक पारित भएमा बिगो रकमको ५ प्रतिशत बराबर जरिवाना र एक महिनादेखि… पुरा पढौ

पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा

पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
पोखरा, ११ असोज/ पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सको शोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता साँग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् । शोरुमको उद्घाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री शुभारम्भसमेत गरिएको छ । पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री… पुरा पढौ

गोरक्ष निखिल बजत तथा ऋण सहकारीको साधारण सभामा उत्कृष्टहरु सम्मानित

गोरक्ष निखिल बजत तथा ऋण सहकारी
पोखरा, ६ असोज/ श्री गोरक्ष निखिल बचत तथा ॠण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले सभाको उद्घाटन गर्दै गरे उनले पोखरामा केही सहकारीले ठगिएको बताउदै त्यस्ता सहकारीहरुलाई कानुनी दायरामा ल्याउने बताए । उनले अहिलेको संकटको बेला नीति नियम र सहकारीको परिधिभित्र रहेर सञ्चालित सहकारीहरुलाई कुनै समस्या नरहेको बताए । उनले सहकारी संस्थाका सबै सदस्यहरुले यसै सहकारी संस्थाबाट कारोबार गरि संस्थालाई अझै बलियो बनाउन सुझाव दिए । साधारणसभाले अध्यक्षले प्रस्तुत… पुरा पढौ

‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा

‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा
पोखरा, १ असोज/ नेपालको अग्रणी कन्फिक्सनरी कम्पनी सुजल फुड्स प्रालिको उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरू गरेको छ । ’अन्ली चोकोफन’ भन्ने सन्देश सहित विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र मौलिक चकलेट वेफर हो । कम्पनीले यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमा बस्न सफल वेफर रहेको दाबी छ । विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ’अन्ली चोकोफन’को साथले मात्र पूर्णता मिल्छ भन्ने सन्देश दिएको छ । चोकोफनको नयाँ विज्ञापन… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको रात्रिकालिन उडान शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक
पोखरा, ३१ भदौ/ पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा यती एयरलाईन्सले शनिबारबाट रात्रिकालिन उडान (आई एफ आर उडान) शुरु गरेको छ । पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा यस अघि नै रात्रि उडानको सुबिधा भएपनि यतीले शनिबारबाट रात्रि उडान शुरु गर्न लागेको हो । रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान र पोखराबाट साँझ ६ः२० बजे उडान गर्ने तालिका रहेको छ । यतीले पोखराबाट दैनिक ६ वटा उडान गर्दै आएको छ । बुद्ध एयरले भने पोखरा नयाँ विमानस्थाल शुरु भएको केही समय पछि नै… पुरा पढौ