
पोखराबाट शुरु भयो लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार
पोखरा, ६ पुस/ सर्वसाधारणलाई लक्ष्त गदै पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले शुक्रबार देखी कारोबार सुरु भएको छ । कम्पनीले बीमा समितिबाट संचालनको स्वीकृति प्राप्त गरे पश्चात् पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा सुरु गरेको हो ।
कम्पनीको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखराको न्युरोडमा प्रधान कार्यालयको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष सिलवालले ठुला बीमा कम्पनीलाई मर्जरको नीति लिएर माइक्रो कम्पनीलाई स्वीकृती दिइएको बताए । यसले ग्रामिण क्षेत्र र तल्लो वर्गका नागरिक बीमा योजनामा जोडीने आशा व्यक्त गरे ।
उनले जो गरिब छ उसलाई बीमाको आवश्यकता पर्छ, साना बिमा कम्पनी नहुदा गरिब तल्लो सिमान्तकृत वर्गले सेवा लिन सकेका थिएनन् । सिलवालले बीमा कम्पनीहरुको विश्वास अहिले घटेको भन्दै बीमितलाई भुक्तानी दिनुपर्ने रकमलाई छिटो छरितो बनाउन सुझाव दिए ।
संस्थापक र सर्बसाधारणको गरी यस कम्पनिको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले छिट्टै सर्वसाधरणका लागि सेयर जारी गर्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अधिकृत रामकुमार यादवले जानकारी दिए ।
न्यूनतम १८ वर्ष देखी ६० वर्षसम्म उमेर समूले बीमा योजनामा सहभागी हुन पाउने छन् । २५ हजार देखी ५ लाखसम्म बीमाङ्कन रकमको कम्पनीले योजना सार्वजनिक गरेको छ । अनलाईन माध्यमबाट सजिलो र छिटो तरिकाले बीमालेख खरिद तथा दावी भुक्तान गर्न सकिने यादवले बताए ।





