अर्थतन्त्र

ठेक्का लिने तर समयमा काम नसक्नेमा निर्माण कम्पनी दोषी- मेयर आचार्य

ठेक्का लिने तर समयमा काम नसक्नेमा निर्माण कम्पनी दोषी मेयर आचार्य
पोखरा, २१ पुस / पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने प्रतिवद्धता पनि जनाए । मेयर आचार्य निर्माण व्यवसायीहरुले समयमा भुक्तानी नपाउँदा, प्रक्रिया झन्झटिलो हुँदा तथा कतिपय अवस्थामा कर्मचारीहरु रिझाउनै पर्ने अवस्था रहेको भन्ने व्यवसायीहरुले उठाएको गुनासोको… पुरा पढौ

पृथ्वी यातायातका कार्यालय सबै डिजिटल, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

पृथ्वी यातायातका कार्यालय सबै डिजिटल, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने
पोखरा, १८ पुस/ देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो । अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू… पुरा पढौ

सूर्य दर्शन सहकारी ठगीः थप दुई जना पुर्पक्षका लागि जेल चलान

सूर्यदर्शन सहकारीको रकम हिनामिना
पोखरा, १८ पुस/ सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई जेल चलान भएका छन् । बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । पोखरामा गितेन्द्र (जीबी)… पुरा पढौ

करिब ३ करोड लगानीमा पोखरामा खुल्यो पर्फेक्सन कस्मेटोलोजी

करिब ३ करोड लगानीमा पोखरामा खुल्यो पर्फेक्सन कस्मेटोलोजी
पोखरा, १६ पुस/ अन्तर्राष्ट्रियस्तरको प्रविधि सेवा सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्यूरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमीको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार उद्घाटन गरिन् । बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठको लगानीमा खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा शुभारम्भ थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत् सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् । उद्घाटनपछि बोल्दै उपप्रमुख गुरूङले महिलाहरूले आफैं… पुरा पढौ

पोखरामा ५ वटा सहकारीको करिब ३ अर्ब जोखिममा

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, ११ पुस/ पोखराबाट सञ्चालमा रहेका ५ वटा सहकारीमा मात्रै झण्डै ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । करिब ३७ हजार बचतकर्ताले जम्मा गरेको २ अर्ब ९७ करोड ११ लाख जोखिममा परेको हो । सबैभन्दा धेरै सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड, इमेज सहकारीको करिब ६५ करोड, शिव शिखर सहकारीको ५४ करोड ९४ लाख, मित्रमिलनको ३१ करोड ७८ लाख र बलिदानीको १० करोड ६९ लाख रुपैयाँ जोखिममा परेको हो । सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड… पुरा पढौ

मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिष्ट्रार पराजुली पक्राउ

पोखरा, १० पुस /मित्रमिलन सहकारी सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वत प्रहरीले पक्राउ गरेर कास्की प्रहरीको जिम्मा लगाएको छ । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड ५ लाख मागेको आरोप छ । मित्रमिलन सहकारी ठगी प्रकरणमा अहिले समम ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मित्रमिलन बचत तथा… पुरा पढौ

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, ९ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र… पुरा पढौ

पोखरामा थपियो ब्रोकर कम्पनी, अर्थतन्त्रमा सेयर बजारको ठूलो भुमिकाः पूर्व उद्योग मन्त्री बस्नेत

पोखरामा थपियो ब्रोकर कम्पनी
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेकुरिटीज प्रा.लि) ले पोखराको सृजना चोकमा नयाँ शाखा शुरु गरेको छ । यो सँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ । सोमवार पूर्व उद्योग मन्त्री महेश बस्नेतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यस अघि पोखरामा १० वटा ब्रोकरहरुले आफ्नो सेवा दिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन् । त्यसअघि… पुरा पढौ

पोखराबाट शुरु भयो लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार

पोखराबाट शुरु भयो लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार
पोखरा, ६ पुस/ सर्वसाधारणलाई लक्ष्त गदै पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले शुक्रबार देखी कारोबार सुरु भएको छ । कम्पनीले बीमा समितिबाट संचालनको स्वीकृति प्राप्त गरे पश्चात् पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर सेवा सुरु गरेको हो । कम्पनीको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखराको न्युरोडमा प्रधान कार्यालयको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष सिलवालले ठुला बीमा कम्पनीलाई मर्जरको नीति लिएर माइक्रो कम्पनीलाई स्वीकृती दिइएको बताए । यसले ग्रामिण क्षेत्र र तल्लो वर्गका नागरिक बीमा योजनामा जोडीने आशा व्यक्त गरे । उनले… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी पुरा

१९ औं लेखनाथ महोत्सवको तयारी पुरा
लेखनाथ, ५ पुस / ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । https://www.youtube.com/watch?v=qwMvesIQOZI&t=34s&ab_channel=GandakiNews पुष ५ गते… पुरा पढौ