
अधिकृत बिक्रेता संघको अध्यक्षमा मनोज कुमार श्रेष्ठ चयन
पोखरा, २२ पुस/ अधिकृत बिक्रेता संघ पोखरा को १७ औं साधारण सभा तथा ९ औं अधिबेशनले मनोज कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रबि सापकोटा, महासचिबमा दिलिप कुमार श्रेष्ठ, सह सचिबमा देबेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ज्ञानेन्द्र गौतम चयन भएका छन् ।
समितिको सदस्यमा नबराज अधिकारी, बिजेन्द्र शर्मा पौडेल, बिनय राजभण्डारी, भेषराज चापागाईं र अमृत सापकोटा निर्बिरोध निर्वाचित भएका छन् ।