अर्थतन्त्र

व्यापार मेलाअन्तर्गत पोखरामा ठूलो अटो मेला

व्यापार मेलाअन्तर्गत पोखरामा ठूलो अटो मेला
पोखरा, २५ मंसिर/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
पोखरा, १६ मंसिर /लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरि विभिन्न उप–समितिहरुसँगको छलफललाई तिव्रता दिईएको छ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भईसकेका छन ।… पुरा पढौ

पोखरा व्यापार मेलाको ८० प्रतिशत स्टल बुकिङ

पोखरा, १३ मंसिर/ पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन नजिकिँदै गर्दा मेला सम्पन्न पार्न गठित विभिन्न उपसमितिहरुको सक्रियता बढेको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न गठित विभिन्न समितिहरुले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका छन् । ‘लगानीको सम्वद्र्धनःउद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजित मेलालाई पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेका छन् । महासचिवका आचार्यका अनुसार बुधबार उनी नै संयोजक रहेको… पुरा पढौ

पोखरा सडक महोत्सव पर्यटन प्रवद्र्धनको ब्रान्ड, पुष दोस्रो साता शुरु हुने

पोखरा सडक महोत्सव पर्यटन प्रवद्र्धनको ब्रान्ड, पुष दोस्रो साता शुरु हुने
पोखरा, १० मंसिर/ अँग्रेजी नयाँ वर्षमा पोखरामा आएका पर्यटकलाई अन्यत्र नयाँ वर्ष मनाउन जान नपरोस् भन्ने उद्देश्यल पोखरामा आयोजना हुदै आएका पोखरा सडक महोत्सव २५ औ पटक हुदैछ । २४ वर्ष अगाडि फरक अवधारणाका साथ शुरु गरिएको ‘स्ट्रिट फेस्टिवल’ को २५ औं संस्करण ‘पोखरा सडक महोत्सव’ पुष १२ देखि १६ सम्म पोखरामा हुने आइतबार आयोजित पत्रकार सम्मलेना रेवान पोखराका कार्यबाहक अध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए । ‘सडक मै खाउँ सडक मै रमाउँ’ भन्ने नाराका साथ आयोजना गरिने… पुरा पढौ

पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह समापन, उत्कृष्ट करदाता सम्मानीत

पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह समापन, उत्कृष्ट करदाता सम्मानीत
पोखरा, ७ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८० सम्पन्न गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न भएको छ । करदातालाई सम्मान तथा कर सप्‍ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताउनुभयो । उहाँले कर चेतना अभिवृद्धिका लागि… पुरा पढौ

माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी नियुक्त
पोखरा, ७ मंसिर/ माछापुच्छ्रे बैंकको अध्यक्षमा पोखराका रोशन केसी नियुक्त भएका छन् । डा. उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएपछि केसी नियुक्त भएका हुन् । मंसिर ७ गते उनले बैंकको सञ्चालक समितिमा राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक समेत हुन् । उनको राजीनामा समितिले स्वीकृत गरेर केसिलाई नियुक्त भएको हो । केसी पोखरा महानगरपालिका–७ का स्थायी बासिन्दा केसी विभिन्न व्यवसायमा संलग्न रहेका छन् । पुरा पढौ

इमेज सहकारीः देवकुमारलाई सम्पर्कमा आउन संघर्ष समितिको आग्रह

देवकुमार नेपाली
पोखरा, ७ मंसिर/ सहकारीको रकम अपचलको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई संघर्ष समितिले सम्पर्कमा आउन भनेको छ । सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि इमेज सहकारी पीडित संघर्ष समितिको चाँडै नै नेपालीलाई समितिको सम्पर्कमा आउन भनेका हुन् । समितिका तर्फबाट अध्यक्ष हरिबहादुर खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बचतकर्ताको बचत रकम फिर्ता गर्ने आशयसहित नेपाली सामाजिक सञ्जालबाट सार्वजनिक भएकोमा उत्साहित हुँदै तत्काल समस्या समाधानका लागिसम्पर्कमा आउन आग्रह गरिएको हो । समितिका… पुरा पढौ

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ

१२ औं पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ
पोखरा ६ मंसिर / युनाइटेड क्लबको आयोजनामा हुने १२ औं संस्करणको पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । आगामी पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने १२ औं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ बीच १२ औं पोखरा महोत्सवमा आयोजना हुने… पुरा पढौ

पोखरामा कर सप्‍ताह कार्यक्रम शुरु, नलबहादुर सम्मानीत

पोखरामा कर सप्‍ताह कार्यक्रम शुरु, नलबहादुर सम्मानीत
पोखरा, १ मंसिर/ आन्तरिक राजस्व कार्यालय पोखराले बिभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम २०८० शुरु भएको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमका गरेर माउदै छ । पहिलो दिन करदाता नल बहादुर गुरुङलाई पहिलो सेवा लिने करदाताका रूपमा आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको छ। करदातालाई सम्मान तथा कर सप्‍ताह कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व… पुरा पढौ

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु

पोखरामा विद्युतीय गाडी सेरेस–३ को डेलिभरी सुरु
पोखरा, २६ कात्तिक/ विद्युतीय गाडी सेरेस–३ को डेलिभरी पोखरामा सुरु भएको छ । सेरेसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थापा मोटर्सले गाडी बुकिङ गर्ने ग्राहकलाई डेलिभरी दिन सुरु गरेको हो । तिहार अगाडि नै १० जना ग्राहकले सेरेस गाडी गुडाउन पाउने गरी डेलिभरी सुरु गरिएको प्रालिका सञ्चालक राज बजिमयले जानकारी दिए । उक्त इलेक्ट्रिक कारले पोखरा क्षेत्रका उत्साहजनक प्रतिक्रिया पाइरहेको उनले बताए । ‘ग्राहकबाट प्राप्त प्रक्रियाबाट हामी उत्साही छौं,’ उनले भने, ‘यो गाडी विद्युतीय सवारी मध्येमा पहिलो रोजाईमा पर्नेमा हामी… पुरा पढौ