
श्रीएयरलाइन्सले नेपालगञ्जबाट शुरु ग¥यो कैलाश पर्वत र मानसरोबरको माउन्टेन फ्लाइट
पोखरा, १६ माघ/ श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बत स्थित कैलाश पर्वत र मानसरोवरको माउन्टेन फ्लाइट सुरु गरेको छ । नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान सुरु गेको श्री एयरलाइन्सले जनाएको छ ।
नेपालको भू–भागबाट यसरी उडान गरिएको यो पहिलो पटक हो । क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो ।
नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायतका धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने श्री एयरको विश्वास छ ।
श्री एयरलाइन्स, टेम्पल ट्रीप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरेको हो । ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने एयरलाइन्सले जनाएको छ ।
नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याइ पशुपतिसमेत दर्शन गराउने योजना रहेको एयरलाइन्स जनाएको छ ।





