कुटी रिसोर्टबाट पञ्चासे पदयात्रा प्याकेज लिदा २० प्रतिशत छुट

-


     क्लिक गण्डकी     
     माघ १० गते २०८० मा प्रकाशित


कुटी रिसार्ट

कुटी रिसार्ट

पोखरा, १० माघ/ पोखरामा रहेको कुटी रिसार्टले पञ्चासे पदयात्रा तथा परिभ्रण विशेष प्याकेज ल्याएको छ ।

कुटी रिसोर्ट मार्फत पञ्चासे अबलोकन भ्रमणमा जाने विदेशी पर्यटकलाई १५ प्रतिशत, आन्तरिक पर्यटकलाई २० प्रतिशत र अध्ययन तथा अनुसन्धानका निम्ति आउने विद्यार्थीलाई २५ प्रतिशत छुट सुबिधा प्याकेज कुटी रिसोर्ट र पञ्चासे क्षेत्रमा समेत रहेको कुटी रिसोर्टका सञ्चालक देवेन्द्र केसीले जानकारी दिए ।

उनले पञ्चासे क्षेत्रको पर्यटन विकासका लागि रिसोर्टले छुट योजना ल्याएको बताए । पञ्चासे क्षेत्रान समन्वय गरि सहुलियत प्रदान गर्न पञ्चासे ईको टुरिजम प्रालि र कुटी रिसोर्ट प्रालि का बीचमा सम्झौता भएको पञ्चासे ईको टुरिजम प्रालिका अध्यक्ष नवराज पौडेलले जानकारी दिए । पञ्चासे पर्यापर्यटन, पर्यावरण अध्ययन र जैबिक बिबिधता अध्ययनमा महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ।

पञ्चासेमा हुने प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता सम्मेलनमा कुटि रिसोर्टले मुख्य प्रायोजन समेत गरेको छ । पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम अन्तर्राष्ट्रिय पञ्चासे जैबिक विविधता सम्मेलन २०८१ बैशाख १, २ र ३ गते अन्नपूर्ण गाउँपालिका ४ भदौरे पञ्चासेमा आयोजना गर्ने तयारी छ ।

कार्यक्रममा स्थानीय होमस्टे फुड स्टल, जैबिक विविधता प्रदर्शनी, पञ्चासे ईको क्याम्प, पञ्चासे साँस्कृतिक झलक प्रदर्शनी, पञ्चासे पर्यावरणीय पदयात्रा तथा हाईकिङ्ग, पञ्चासे योगा तथा मेडिटेसन शिबिर लगायतका कार्यक्रमहरु समाबेश हुने छन् ।

पञ्चासे क्षेत्रमा जैबिक विविधता, पर्यावरण, ग्रामिण पर्यटन, चरा, बन्यजन्तु लगायत अध्ययनका लागि आउँने विश्वभरका अनुसन्धानकर्ताहरुलाई आकर्षित गरि पञ्चासे क्षेत्रलाई पर्यावरण अध्ययनको पाठशालाका रुपमा विकास गर्न कार्यक्रम सहयोगी हुने आयोजकको विस्वास छ ।



Tags: