पोखरामा पुर्व सांसदको पार्टी प्यालेस, चाँदीको थालमा खाना

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०८० मा प्रकाशित


पोखरामा पुर्व सांसदको पार्टी प्यालेस, चाँदीको थालमा खाना

पोखरामा पुर्व सांसदको पार्टी प्यालेस, चाँदीको थालमा खाना

पोखरा, ११ माघ/ पोखरा ९ बास्तोलाथरमा रहेको सिल्भर प्लेट पार्टी प्यालेसले चाँदीको थालमा खाना खुवाउने भएको छ । भर्खर सञ्चालनमा आएको सिल्भर प्लेट पार्टी प्यालेसले ग्राहकहरुलाई चाँदीको थालमा खाना खाने व्यवस्था गर्ने भएको हो ।

बास्तोलाथरमा ७ रोपनी क्षेत्रफलमा साढे ४ करोड खर्चिएर गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य दीपा रोका र पोखराका युवा व्यवसायी विकास श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् । चाँदीको थालमा खाना खुवाउँदा आयोजकले थप रकम तिर्नु नर्ने सञ्चालक रोकाले बताइन् ।

भोजमा आएका आयोजकका नजिकका आफन्तलाई चाँदीको थालमा खाना खुवाईने उनको भनाई छ । चाँदीको थालमा खाना खानेका लागि भोजनालय नै छुट्टै छ । उक्त भोजनालयलाई विशेष किसिमले फुल, बत्ती र सिसि क्यामेराले सजाएर आकर्षक बनाइएको उनको भनाई छ ।

विवाह भोज हुँदा बेहुला, बेहुली, बेहुलाका नजिकका आफन्तलाई खाना खुवान सकिने अर्का सञ्चालक श्रेष्ठले बताए । ब्रतबन्ध तथा पास्नीको भोज भएमा सोहि अनुसार आफन्त तथा ईष्टमित्रलाई चाँदीको थालमा भोजन गराईने उनले बताए ।

अहिलेलाई २५ वटा थाल बनाएको थप्दै जाने उनले बताए । एउटा थाल बनाउन ९० हजार खर्च चएको उनको भनाई छ । सिल्भर प्लेट पार्टी प्यालेस एक हजार क्षमताको रहेको छ । आफ्नै कम्पाउण्डमा सञ्चालनमा आएको यो पार्टी प्यालेसलाई रंगीविरंगी फुलहरुले सजाइएको छ ।

जसका कारण विवाह, ब्रतबन्ध वा पास्नीका लागि थप सजावट गर्नुपर्ने आवश्यता नपर्ने सञ्चालकको भनाई छ । प्यालेसमा फोटो सेसन र सेल्फी खिच्नेका लागि पानीको झरनासहितको वाल पेन्टिङ गरिएको छ । प्यालेसको उत्तरपट्टी हात्ती र त्यसको छाउराको मूर्ती बनाएर राखिएको छ । जुन फोटो सेसनका लागि भनेर बनाइएको हो ।

प्यालेसको दक्षिणी क्षेत्रमा प्यालेसको पार्किङ छ । सिल्भर प्लेटमा चाँदीको थालमा खाना खुवाउने मात्र होईन, पोखरामा पहिलो पटक पार्टी प्यालेसमै भोज आयोजना गर्दा कालीज, लोकल कुखुरा र खसीको मासुको समेत स्वाद पस्किने थापाको भनाई छ ।