मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिष्ट्रार पराजुली पक्राउ

-


     क्लिक गण्डकी     
     पौष ११ गते २०८० मा प्रकाशित


हत्गढी

पोखरा, १० पुस /मित्रमिलन सहकारी सहकारी ठगी प्रकरणमा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार तथा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् ।

पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो । पर्वत प्रहरीले पक्राउ गरेर कास्की प्रहरीको जिम्मा लगाएको छ ।

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड ५ लाख मागेको आरोप छ । मित्रमिलन सहकारी ठगी प्रकरणमा अहिले समम ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, पोखराको आर्थिक अपचलनमा संलग्नसँग झण्डै ३२ करोड हिनामिना भएको प्रतिबेदनमा उल्लेख छ ।

लामो समयको अनुसन्धानपछि दायर अनुसन्धान फाइलमा ३२ जनाविरुद्ध ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरिएको हो ।