पेट्रोल–डिजेलको मुल्य घट्यो, पोखरा क्षेत्रमा कति

-


     क्लिक गण्डकी     
     माघ २ गते २०८० मा प्रकाशित


पेट्रोल–डिजेलको मुल्य घट्यो, पोखरा क्षेत्रमा कति

पेट्रोल–डिजेलको मुल्य घट्यो, पोखरा क्षेत्रमा कति

पोखरा, २ माघ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले सोमबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा एक/एक रूपैयाँ घटाएको जानकारी दिएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार भिन्न छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १६३ रूपैयाँ ५० पैसा प्रतिलिटर, डिजेल र मट्टीतेल १५३ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर र डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ ।

तेस्रोमा वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र अब पेट्रोलको भाउ १६६ रूपैयाँ प्रतिलिटर र डिजेल र मट्टीतेल १५६ रूपैयाँ पर्नेछ ।