सूर्य सूर्यदर्शन र इमेज सहकारी पोखरा महानगरको समस्याग्रस्त सूचीमा

-


     क्लिक गण्डकी     
     कार्तिक १ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका

पोखरा महानगरपालिका

पोखरा, १ कात्र्तिक/ पोखरा महानगरपालिकाले सूर्यदर्शन र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा सूचीकृत गरेको छ ।

महानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरेर आवश्यक कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ ।

दुवै सहकारीको विवरण प्रदेशमा पठाउने निर्णय भएको पोखरा महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए । उनले प्रदेशले संघलाई पठाउँने र त्यसपछि आवश्यक निरीक्षण र कारबाही प्रक्रिया अघि बढ्ने बताए ।

सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ठगी भएको उजुरी परेको छ । सहकारीविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । १ अर्ब ११ करोड बिगो माग दाबीसहित प्रहरीले मुद्दा दर्ता गरेको छ । १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

त्यसै गरी इमेज सहकारीविरुद्ध करिब २ अर्ब ठगीको आरोप छ । उक्त सहकारीविरुद्ध बागलुङ र पोखरामा करिव १६ सय उजुरी दर्ता भएको छ । अदालतले ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । दुवै सहकारीका सञ्चालकहरु फरार छन् ।



Tags: