पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

-


     क्लिक गण्डकी     
     असाेज २८ गते २०८० मा प्रकाशित


पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरामा दशैको अवसरमा खसीबोका प्रर्दशनी हुने

पोखरा, २८ असोज/ बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नम्बर २८ सौर्यबजारमा आयोजना हुने खसीबोकाको प्रर्दशनीको तयारी भैरहेको वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

वडा र आसपासमा किसानले पालेका खसिबोकाको उचित मुल्य तथा पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहनको लागि प्रर्दशनी आयोजना गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए ।
उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दे स्थानी उत्पादनलाई प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको उनको भनाई छ ।

असोज ३० गते मंगलबार आयोजना हुने प्रदर्शनीको स्थानीय ब्यवस्थापन पोखरा महानगरपालिका वडानं २८ ले गरेको छ । त्यसैगरि प्रदर्शनीको बिषेश सहयोगीमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की ,ब्यवसायिक बाख्रा पालन समिति पोखरा २८ रहेका छन् ।

पशुपालकले आफुले पालेका खसी बोका प्रदर्शनीमा निःशुल्क राख्न पाउने ब्यबस्था मिलाइएको छ भने खसी बोका खरिद बिक्रीका लागि सहजिकरणका प्रयासहरु पनि भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा एकै घर बाट धैरै खसी बोका ल्याउने र सवै भन्दा ठुला खसी बोका ल्याउने किसानलाई पुुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा एक सय भन्दा बढि खसी बोका हुने आयोजकले अपेक्षा गरेको छ ।