अर्थतन्त्र

पृथ्वीराजमार्ग बस संचालक कम्पनीका बसमा क्यूआर कोड, मोबाईल एप्सको तयारी

पृथ्वीराजमार्ग बस संचालक कम्पनीका बसमा क्यूआर कोड, मोबाईल एप्सको तयारी
पोखरा, ८ भदौ/ पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेको छ । टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो । प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको अध्यक्षमा ईन्द्रराज अर्याल

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको अध्यक्षमा ईन्द्रराज अर्याल
पोखरा, ३ भदौ/ बुद्ध विशाल वजार व्यापारिक एशोसियसन पोखराको २५ औं बार्षिक साधारण सभा एवं १३ औं अधिवेशनले ईन्द्रराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । एशोसियसनका उपाध्यक्षमा बुद्धीवहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा ईन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् । अध्यक्ष चयन अर्यालले संस्थाको व्यवसायिक हकहितका कुरामा र संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त… पुरा पढौ

पोखराको चर्चित ‘बिजी बी क्याफे’ अब काठमाडौंमा पनि, भदौमा सञ्चालनमा आउने

पोखराको चर्चित ‘बिजी बी क्याफे’ अब काठमाडौंमा पनि, भदौमा सञ्चालनमा आउने
पोखरा, ३१ साउन/ पोखराको लेकसाइडमा सञ्चालित ‘बिजी बि क्याफे’को शाखा काठमाडौंमा विस्तार भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बीले काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा पहिला शाखा सञ्चालनमा ल्याउने तयारीमा छ । बिजी ग्रुपका लगानीकर्ताको संयुक्त लगानीमा काठमाडौंमा शाखा विस्तारको अन्तिम तयारीमा छ । सम्पूर्ण तयारी सकिएको र भदौ पहिलो सातासम्म बिजी बीको शाखा सञ्चालनको तयारी भइरहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । उनले पहिले नै शाखा खोल्ने तयारी भएपनि कोभिडका कारण ढिलो भएको बताए ।… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य बढ्यो, पोखरामा मुल्य कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, ३० साउन/ नेपाल आयल निगमले मंगलबार राति देखी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोलमा ५ रुपैयाँ, डिजेल र मट्टितेलमा १४ रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७५ रुपैया ५० पैसा, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैया ५० पैसा, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मै कायम रहेको छ… पुरा पढौ

कानूनले दिएकोभन्दा बढी नाफा नलिन व्यवसायीसँग पोउवा संघको आग्रह

पोखरा, २९ साउन/ पोखरा उद्योग वाणिज्य संघले तोकिएभन्दा बढी मूल्यमा बस्तु तथा सामानको बिक्री–बितरण नगर्न व्यवसायीहरुलाई तथा बढी सामग्री संचय नगर्न उपभोक्तासँग आग्रह गरेको छ । पछिल्ला केही दिनयता पोखरासहित देशभर तरकारी तथा उपभोग्य बस्तुको मूल्यवृद्धि भएको गुनासो सुनिएको बताउँदै संघले कानूनले तोकेभन्दा बढी मुनाफा नलिन व्यवसायीसँग आग्रह गरेको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ,‘ लगानी गर्नु र लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री–वितरण गर्नु व्यवसायीहरुको अधिकार तथा कर्तव्य हो । तर,… पुरा पढौ

कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय पोखरामा स्थापनाको माग

कम्पनी रजिष्टार, ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय पोखरामा स्थापनाको माग
पोखरा, २७ साउन / पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्टार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय कार्यालय स्थापनाको माग गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग,पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग राखेको हो । अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती व्यहोर्न परेको बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग संवोधनको लागि सरकारले पहल गर्ने बताए । अध्यक्ष प्रजापति, वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य… पुरा पढौ

रोचक बन्दै लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचन, नेतृत्वमा होडवाजी, दुई समूहमा ध्रुविकरण, आफ्नैबाट विश्वास छैन उम्मेदवारलाई

लेखनाथ उद्योग वाणिज्य संघ
पोखरा, १९ साउन/ लेखनाथ उद्योग बाणिज्य संघको आगामी नयाँ नेतृत्वका लागि विभिन्न माध्यमबाट उम्मेदवारी घोषणा गर्नेक्रमले प्रतिस्प्र्धा चर्को हुने देखिएको छ । संघको भदौ २२ र २३ गते हुने अधिवेशनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्वको लागि अहिलेसम्म भरतकुमार अधिकारीले अध्यक्ष पदमा उम्मेदवारीनै घोषणा गरेर मतदाताको घरदैलोमा पुगेर निर्वाचन अभियानलाई तिव्रता दिएका छन् । संघको बरिष्ठ उपाध्यक्षका रुपमा रहेका र अध्यक्षको स्वभाविक दावेदार मानिएका विनोद श्रेष्ठले अध्यक्षमा उठ्ने औपचारिक घोषणा नगरेपनि घरदैलो र मतदाता… पुरा पढौ

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको घट्यो, पोखरामा मुल्य कति

नेपाल आयल निगम
पोखरा, १६ साउन/ नेपाल आयल निगमले मंगलबार राति देखी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२… पुरा पढौ

पोखरा महानगरमा मलको मुल्य निर्धारण

पोखरा महानगरमा मलको मुल्य निर्धारण
पोखरा, १२ साउन/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मुल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक… पुरा पढौ

पोखरामा आइतबारदेखी तेस्रो डायमण्ड मेला

पोखरामा आइतबारदेखी तेस्रो डायमण्ड मेला
पोखरा, ५ साउन/ कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला आयोजना गर्ने भएको छ । पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा साउन ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । उनका अनुसार एक हप्ता सञ्चालन हुने मेला अवधिभर डायमण्ड खरिदमा विशेष छुट दिइने छ । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौ, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा गराउने साथै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं… पुरा पढौ