
पोखरामा क्यासिनो ताज सञ्चालनमा
पोखरा, ३१ भदौ/ पोखराको लेकसाइड रहेको माउन्ट कैलाश रिसोटमा क्यासिनो ताज सञ्चालनमा आएको छ । चार तारे रिसोर्टमा मिनी क्यासिनो सञ्चालन आएको हो ।
पोखरामा यस अगाडी फुलबारी रिसोर्ट र होटल पोखरा ग्रान्डमा क्यासिनो भएपनि केही वर्ष पहिले देखी नै बन्द भएका छन् ।
माउन्ट कैलाश रिसोर्टमा क्यासिनो सञ्चालनका लागि ताज इन्टरटेनमेन्ट प्रालि उद्योग विभागमा दर्ता भएर भदौ २९ गते देखी सञ्चालनमा आएको हो ।
क्यासिनो सञ्चालनका लागि साढे २ करोड राजश्व सरकारलाई बुझाएर क्यासिनो सञ्चालनका अनुमति लिने व्यवस्था छ ।
क्यासीनो सञ्चालनका लागि २१ करोड रूपैयाँको लगानीमा क्यासिनो सञ्चालनका लागि कम्पनीले पर्यटन विभागबाट सिफारिस लिँदै उद्योग विभागमा दर्ता भएको थियो ।
कम्पनीलाई क्यासिनो सञ्चालनका लागि रिसोर्टले अनुमति दिएको छ । क्यासिनोमा १ सय भन्दा बढिले रोजगारी पाएका छन् । माउन्ट कैलाशमा ५१ वटा रुप रहेको छ । रिसोर्ट २००९ सालदेखि सञ्चालनमा आएको हो ।





