
गोरक्ष निखिल बजत तथा ऋण सहकारी
पोखरा, ६ असोज/ श्री गोरक्ष निखिल बचत तथा ॠण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले सभाको उद्घाटन गर्दै गरे उनले पोखरामा केही सहकारीले ठगिएको बताउदै त्यस्ता सहकारीहरुलाई कानुनी दायरामा ल्याउने बताए ।
उनले अहिलेको संकटको बेला नीति नियम र सहकारीको परिधिभित्र रहेर सञ्चालित सहकारीहरुलाई कुनै समस्या नरहेको बताए । उनले सहकारी संस्थाका सबै सदस्यहरुले यसै सहकारी संस्थाबाट कारोबार गरि संस्थालाई अझै बलियो बनाउन सुझाव दिए ।
साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, र कोषाध्यक्षल प्रस्तुत गरेको आर्थिक प्रतिबेदन तथा प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखापरीक्षणको प्रतिबेदन सर्वसहमतले पारित गरेको छ ।
कार्यक्रममा असल ॠणी अनिता लामिछाने, उत्कृष्ट बचतकर्ता रिता लम्साल, उत्कृष्ट ऎच्छिक बचतकर्ता, कृष्ण प्रसाद बराल, उत्कृष्ट बचत कारोबार कर्ता, प्रीति ढकाल, उत्कृष्ट बचत कारोबार कर्ता, सन्तोष राजभाट, उत्कृष्ट कर्मचारी, राम प्रसाद पौडेल, सर्बोकृष्ट सदस्य जुमबहादुर गुरुङ र सम्मानित सदस्य ू यमुना देबी ढकाल सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डे शेयर र बचत सुरक्षीत रहेको भन्दै आगामी दिनमा संस्था अझै बलियो हुने बिश्वास ब्यक्त गरे । संस्थाका सचिब जुमबहादुर गुरुङ, सदस्य रिता लम्साल, सदस्य सावित्री शर्मा, राधा कुमारी शर्मा, यदुनाथ ढकाल सल्लाहकार नारायण प्रसाद शर्मा, संस्थाका ब्यवस्थापक शम्भु पौडेल,लगातले सहकारीका बारेमा चर्चा गरेका थिए ।





