
नेपाल आयल निगम पोखरा झेल
पोखरा, २८ असोज/ नेपाल आयल निगमले पेट्रोलीयम प्रदार्थको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।





