
बुद्ध एयरले थप एक नयाँ जहाज ल्यायो
पोखरा, ११ कात्तिक/ बुद्ध एयरले थप नयाँ जहाज भित्र्याएको छ । बुद्धले नाइनएन एओसी कलसाइन रहेको एटिआर–७२ जहाज शुक्रबार ल्याएको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई एक महिनाभित्र उडान शुरु गर्ने कम्पनीले जनाएको छ ।
बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ । बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन् ।
हवाई उडान सहज र सरल बनाउन नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान गरिरहेको छ ।





