
भरत अधिकारी
पोखरा, २१ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको देउमाडी थातथलो भएका भरत अधिकारीले वाल्यकाल चितवनको राप्तीमा बिताए । त्यही माध्यामिक तहको शिक्षा पुरा गरे र लेखनाथ फर्किए । त्यसपछि अध्ययन र व्यवसायलाई संगसँगै अघि पढाएका अधिकारीले व्यवस्थापन बिषयमा पोखराकै पृथ्वीनारायण कलेजबाट स्नाकोत्तर उत्र्तिण गरे ।
लेखनाथको अर्घौचोकमा पाँच लाख रुपैयाबाट सामान्य सिसा र प्लाईको व्यवसाय शुरु गरेका अधिकारीले व्यापारिक यात्राको २७ बर्ष पार गर्दा कहिल्यै पछाडी फर्कनु परेन । कुशल व्यवस्थापनका साथ व्यापारमा उनले गरेको तरक्की लेखनाथका व्यवसायीहरुका विचमा लोभलाग्दो छ ।
सिसा प्लाई हुँदै हार्डवयर व्यवसाय गरेका अधिकारी अहिले आधा दर्जन बढी व्यवसायीक प्रतिष्ठानमा संलग्न छन् र झण्डै एक अर्ब रुपैयाको लगानी रहेको छ । उनी ग्यालेक्सी पेन्ट्स प्रा.लि भैरहवाका अध्यक्ष, ग्यालेक्सी सेफ्टी एण्ड हेल्थ प्रा.लि नवलपरासीका अध्यक्ष, कोहोलपुर आरएमसीका निर्देशक, माता हारती हार्डवयर प्रा.लि का अध्यक्ष, सुभारंभ अधिकारी ट्रेडर्सका संचालक रहेका अधिकारी त्रिवेणी इन्टरनेशनल कलेजका डाइेक्टर रहेका छन् । अधिकारी संलग्न व्यापारिक फर्म तथा उद्योगमा झण्डै १ सय ३५ जनाले रोजगारी पाएका छन् ।
उद्योग र व्यापारमा अब्बल देखिएका अधिकारीले लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिबार हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन र कृर्षिको उन्यनको उद्देश्य लिएको उद्योग बाणिज्य संघको भिजन वरीपरि रहेर दुई बर्षे कार्यकाललाई लक्षित गरी कार्यक्रम ल्याउने तयारी गरेका छन् ।
अधिकारीले उद्योग तथा व्यवसाय दर्तामा प्रदेश र स्थानीय पालिकामा परेको दोहोरो समस्या, उद्योग तथा व्यवसाय कम्पनी रजिष्टारको कार्यालयमा दर्ता र नविकरण, आन्तरिक राजश्व कार्यालयमा करदातालाई परेको समस्या रुग्ण उद्योग घोषणा गरी व्याज, विजुली र अन्य करमा सहजीकरण, उद्योग तथा कलकारखानाका लागि कच्चा पदार्थ एवं आवश्यक सामाग्री आयातका लागि सम्वन्धीत निकायसँग पहल, सस्तो व्याजदर, सहज र सरल ऋण प्रवाहका बिषयमा सरोकारवालासँग सहकार्य गर्ने एजेण्डा चुनावमा बनाएका छन् ।
यसैगरी व्यवसायी मैत्री कार्यक्रम, उद्योगका लागि आवश्यक जग्गा व्यवस्थापन र औद्योगिक क्षेत्रको स्थापना, उत्पादनको बजारीकरण, क्रेता र विक्रेताका विच समन्वय, प्रभावकारी सूचना प्रणाली, लगानी मैत्री वातावरणको निर्माण एवं स्थानीय पालिकाहरुसँगको सहकार्यमा उद्यमशिलताको विकास र लगानीका संभाव्यताका बारेमा छलफल गर्ने गरी योजना निर्माण गरेको अधिकारीको भनाई छ ।
व्यवसायमा सफल भए, अव उद्योग बाणिज्य संघमा नेतृत्वका लागि उम्मेदवारी दिएको छु । अधिकारीले भने— “व्यवसायीक सफलताले उद्योग बाणिज्य संघको नेतृत्वका लागि पृष्ठभूमि तयार गरेको छ ।” व्यवसायीका समस्या सम्वन्धीत निकायमा राख्ने र समाधानका लागि पहल गर्ने गरी बाँकी समय अव चेम्बरलाई दिन चाहान्छु । मतदाताको घरदैलोमा पुगेका अधिकारीले भने — “व्यवसायीको विश्वासले अघि बढ्ने प्रेरणा मिलेको छ । सवैभन्दा ठुलो कुरा अग्रजको अनुभव, अनुज पुस्ताको प्रविधि र टिम वर्क नै आफ्नो जित्ने आधार भएको अधिकारीको भनाई छ ।
लेखनाथ उद्योग बाणिज्य संघमा २०५५ सालदेखी साधारण सदस्यबाट प्रवेश गरेर दुई कार्यकाल कार्यसमिति सदस्य, दुई कार्यकाल उपमहासचिव, एक कार्यकाल महासचिव र एक कार्यकाल सल्लाहकारको भूमिकामा रहेका छन् । अधिकारीले संघको स्थापनाको २५ बर्षको रजतजयन्तीको स्तम्भ निर्माणका साथै महोत्सवमा आर्कषक मञ्च र गेट व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन् । अधिकारी संघका वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठसँग चुनावी मैदानमा छन्. ।





