
कसले मार्ला बाजी ? लेखनाथ उद्योग बाणिज्य संघमा
पोखरा, २४ भदौ/ लेखनाथ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचमा अहिले मत गणना जारी छ ।
दुई बर्षे कार्यकालका लागि अध्यक्ष पदमा भरत कुमार अधिकारी र विनोद श्रेष्ठ प्यानले नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । पछिलो मतपरिणम अनुसार अधिकारीलाई १ मतले उछिन्दै श्रेष्ठले अग्रता लिएका छन् ।
निकै प्रतिस्पर्धात्मक रहेको छ । ९ सय १८ मत गणना हुदाँ श्रेष्ठले ४ सय ४३ ल्याएका छन् भने अधिकारीले ४ सय ४२ मत ल्याएका छन् ।






