ड्रुक एयरले भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान गर्ने

-


     क्लिक गण्डकी     
     भाद्र ११ गते २०८० मा प्रकाशित


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा, ११ भदौ/ भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ९ सेप्टेम्बर अर्थात भदौ २३ गते पारोबाट पोखरामा चार्टर्ड उडान गर्न अनुमति पाएको हो ।

चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत गर्न प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । न्यारोबडी जहाज पोखराबाट पारो नै उड्नेछ ।

अंग्रेजी नयाँ वर्षको १ जनवरी २०२३ का दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ । आन्तरिक उठान भने नियमीत हुदै आएको छ ।



Tags: