२५औं सडक महोत्सवको संयोजकमा विश्वराज, सहसंयोजकमा वैभव

-


     क्लिक गण्डकी     
     असार १४ गते २०८० मा प्रकाशित


२५औं सडक महोत्सवको संयोजकमा विश्वराज, सहसंयोजकमा वैभव

२५औं सडक महोत्सवको संयोजकमा विश्वराज, सहसंयोजकमा वैभव

पोखरा, १४ असार/ रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराले आयोजनाका गर्ने २५औं सडक महोत्सवको संयोजकमा विश्वराज पौडेल र सहसंयोजकको जिम्मा वैभव पौडेलले पाएका छन् । रेवानका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा बुधबार बसेको बैठकले वैभव पौडेललाई सहसंयोजकको जिम्मा दिएको हो ।

अघिल्लो बैठकले संयोजकमा विश्वराज पौडेललाई चयन गरेको थियो । रेबान पोखराले व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनको उद्देश्यले स्थापना भएको संस्था हो । पोखराको फेवातालको किनारामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवामा समर्पित ९० वटा रेष्टुरेण्ट तथा वारहरु सदस्य रहेको रेवान पोखराले सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको छ ।

पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी र विदेशी पाहुना पोखरा भित्रयाउन रेवान सडक महोत्सवको आयोजना गर्दै आएको छ । मुलुकभित्र हुनेमध्ये सबैभन्दा धेरै पाहुना सडक महोत्सवमा सहभागी हुने दाबी रेबानको छ । पोखराको पर्यटन प्रवद्र्धनमा एउटा वेग्लै पहिचान बनाउन सफल यस महोत्सवले विगतका वर्षहरुमा राजनैतिक अस्थिरता, भुकम्प, नाकाबन्दि, र कोरोना महामारी लगायत थुप्रै आरोह अवरोहको सामना गरेर पनि महोत्सवलाई निरन्तरता दिँदै आएको अध्यक्ष नरेश भट्टराईले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पुस १२ गते देखि १६ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा “सडकमै खाउ, सडकमै रमाउँ” भन्ने उद्देश्यका साथ हुँदैछ । गण्डकी प्रदेशका एघार वटा जिल्ला सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सव का आकर्षण हुनेछन् ।

अन्नपूर्ण हिमशृंखलाको आँगन र फेवाताल किनारको यस्तो महान् चाडपर्व नछुटाउन हामी देशभित्र र बाहिरका सबै पाहुनालाई निमन्त्रण गरिने अध्यक्ष भट्टराईले बताए । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार लगाएतका कार्यक्रम हुने छन् ।