टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्टको प्रशिक्षण

-


     क्लिक गण्डकी     
     असार २३ गते २०८० मा प्रकाशित


टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्टको प्रशिक्षण

टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई इभेन्ट म्यानेजमेन्टको प्रशिक्षण

पोखरा, २३ असार/ पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीलाई ईभेन्ट म्यानेजमेन्टका बारेमा प्रशिक्षण दिएको छ ।

कलेज स्थापनाको २५ औं वर्षको अवसरमा कलेजमा विभिन्न तालिम तथा सेमिनारहरु गर्दै आएको छ । बेकरी तालिम, आतिथ्यता तथा दक्षता अभिबृद्धिका कार्यक्रमहरु निरन्तर भईरहेका र बीएचएम, बीबीए, बीबीए बीआई र प्लस टू होटल म्यानेजमेन्टका विद्यार्थीको लागि “म्यानेजिङ इभेन्टस्, प्रोस्पेक्ट एण्ड च्यालेन्जेज” का बारेमा कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

ईभेन्ट म्यानेजमेन्टका बारेमा सञ्चारकर्मी तथा भोग एड एण्ड ईभेन्ट म्यानेजमेन्टका सञ्चालक प्रभात रिमालले विद्यार्थीलाई प्रशिक्षण दिए । उनले यसका लागि बुद्धि र विवेक लगाउनु पर्ने, नयाँ नयाँ आईडियाहरु सोच्ने र तिनलाई व्यवहारिक रुपमा व्यवस्थित रुपमा स्टेजमा उतार्नु पर्ने बताए ।

रिमालले कुनै पनि इभेन्ट गर्दा त्यसलाई ब्राण्डिङ गर्ने कुरा आउट डोरको हो भने सोहि अनुरुपको र इनडोरको हो भने बाहिर बाटोबाटै भित्र स्टेजसम्म आकर्षक डिजाइनका व्यानर, फ्लेक्स र मूल स्टेजसम्मको स्वरुप आकर्षक बनाउन सक्षम हुनु पर्ने बताए ।



Tags: