अर्थतन्त्र

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

Upgrade to an Electrifying Drive with Hyundai's EV Exchange Offer
पोखरा, १४ फागुन/ नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ । हुन्डाईले “Upgrade your Electric Journey with IONIQ 5” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ । जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी KONAवा IONIQ सँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा KONAको न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी जनाएको छ । यो अभियानले नयाँ र विकसित… पुरा पढौ

पोखरामा सेगवेको शोरुम संचालनमा, इलेक्ट्रिक स्कुटरको कति मुल्य

पोखरामा सेगवेको शोरुम संचालनमा, इलेक्ट्रिक स्कुटरको कति मुल्य
पोखरा, १३ फागुन/ पोखरामा सेगवेको शोरुम संचालनमा आएको छ । शनिबार पोखराको पुरानो विमानस्थल नजिकै खोलिएको नयाँ शोरुमलाई आईहव प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरे । शोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याएका हुन् । नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो ईलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आईहव प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए ।… पुरा पढौ

लेकसाइडमा ३ करोडको लागतमा ले स्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा

लेस्पा बाइ डोनाल्डजी
पोखरा, १२ फागुन/ पोखराको लेकसाइडमा ले स्पा बाइ डोनाल्डजी स्पा सञ्चालनमा आएको छ । लेकसाइडको हल्नचोक नजिकै रहेको स्पाको पोखराका दुई व्यवसायीहरुले उद्घाटन गरे । सौन्दर्यकर्मी चिनु गुरुङ र व्यवसायी मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरे । नेपालमा सन् १९९७ मा पोखराको द फूलबारी रिसोर्टले पहिलोपटक स्पा भित्र्याएको थियो । त्यही स्पामा काम गरेका मलेसियन डानाल्डजीले यो स्पाको प्रबन्ध निर्देशक रहेका छन् । उनले स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, आत्मासम्मलाई शुद्ध पारी पूर्ण आनन्द दिने बताए ।… पुरा पढौ

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा

बैंकको ज्यादतिविरुद्ध पोखराका व्यवसायी सडकमा
पोखरा, ११ फागुन / पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो । विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी उठ्नै… पुरा पढौ

बैंक तथा बित्तिय संस्थाहरुको चर्को ब्याज दर विरुद्ध पोखराका व्यवसायी आन्दोलनको तयारीमा

बैंक तथा बित्तिय संस्थाहरुको चर्को ब्याज दर विरुद्ध पोखराका व्यवसायी आन्दोलनको तयारीमा
पोखरा, १० फागुन/ बैंक तथा बित्तिय संस्थाहरुको चर्को ब्याज दरका कारण आत्तिएका पोखराका उधोगी व्यवसायीहरुले चर्को ब्याज घटाउनुपर्ने माग सहित आन्दोलन गर्ने भएका छन् । आन्दोलन गर्ने तयारी गरिएको तर देशमा निर्वाचन हुने समय भए पछि आन्दोलन रोकेका पोखरेली उधोगी व्यवसायीहरु यस पटक निर्णायक आन्दोलनको तयारीमा पुगेका छन् । पोखरेली उधोगी व्यवसायीको आन्दोलनलाई नेपाली कांग्रेस कास्कीले समेत ऐक्यबद्दता जनाउने र आवश्यकता अनुसार नेपाल सरकार, प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र बैंक वा पार्टीको जिम्मेवारीमा रहेका नेताहरुलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।… पुरा पढौ

हेमजामा चैत अन्तिम साता ११ औं आलु महोत्सव

आलु महोत्सव फाइल तस्बिर
पोखरा, ९ फागुन/ आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा हुने छ । मंगलबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर रहनु भएको छ । भेलाले… पुरा पढौ

चापाकोट देउराली होमस्टे सांस्कृतीक महोत्वस शुरु

चापाकोट देउराली होमस्टे सांस्कृतीक महोत्वस शुरु
पोखरा, २४ माघ/ चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमीका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । पोखरा २३ जनताले उत्पादन गरेको खाध्यको बजार बनाउनुपर्ने बताए । अरुको देशमा… पुरा पढौ

चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सवको तयारी पुरा

चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सवको तयारी पुरा
पोखरा, २२ माघ/ पोखरा महानगरपालिका २३ मा पर्ने चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ तयारी अन्तिम चरणमा पुगेको छ । माघ २४ देखी २८ गते सम्म हुने छ । मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए । मेलामा विभिन्न प्रतियोगिता समेत राखिएको छ । नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ… पुरा पढौ

काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव

काहुँ डाँडामा फागुन पहिलो साता काहुँधरहरा महोत्सव
पोखरा, २२ माघ/ पोखरा ११ काहुँ डाँडामा पर्यटन प्रवद्र्धन गर्न फागुन पहिलो साता काहुँ धरहरा महोत्सव हुने भएको छ । फागुन ४ गतेदेखि १४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास उद्देश्यका साथ महोत्सव आयोनजा गर्न लागेको महोत्सवका संयोजक देवबहादुर गुरुङले जानकारी दिए । महोत्सव क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास टेवा पुग्ने उनको विश्वास छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको… पुरा पढौ

चीनलाई होटल संघको अनुरोध पत्र

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना
पोखरा, २१ माघ/ चीनले माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरिएको छ । सन् २०२३ मा चिनिया पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आसावादी भएकै… पुरा पढौ