अर्थतन्त्र

लेखनाथ महोत्सवमा ८५ प्रतिशत स्टल बुकिङ

लेखनाथ महोत्सवमा ८५ प्रतिशत स्टल बुकिङ
लेखनाथ, २४ मंसिर/ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा समुहहरुले सघाउने भएका छन् । पुसको १९ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक छत्रधर आत्रेयले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको… पुरा पढौ

पोखरा ट्रेड मलको बम्पर उपहार विजेतालाई पुरस्कार प्रदान

पोखरा ट्रेड मलको बम्पर उपहार विजेतालाई पुरस्कार प्रदान
पोखरा,२४ मंसिर / पोखरा महानगरपालिका–७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ । ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशीले गद्गद् भएको उहाँ बताउनुहुन्छ । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा… पुरा पढौ

पोखरामा १२ करोड लगानीमा हिमालयन ग्लोरी इन होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज शुरु

थ्री सिक्स्टी स्काई लाउन्ज
पोखरा, २३ मंसिर/ डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रा. लि.होटल र थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ । पोखराको लेकसाइडस्थित हल्लनेचोकमा रहेको प्राली १२ करोड लगानीमा शुरु गरिएको समुहद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एउटै छाना मुनि बिभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बल्कानी सहित १५ कोठाहरु रहेका छन् । माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले जानकारी… पुरा पढौ

पोखरा सडक महोत्सवको तयारी, विभिन्न ठाउँका सास्कृतीक कार्यक्रम सडकमा

पोखरा सडक महोत्सव
पोखरा, २२ मंसिर/ अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा तयारी तिब्र पारेको छ । ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको बारेमा बिहीबार पोखरामा पत्रकार सम्मेलनका आयोजना गरेर ५ दिने सडक महोत्सवको तयारी तिब्र पारेको जानकारी दिएको छ । पुष १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडको ३ किलोमिटर सडकमा महोत्सव आयोजना गर्न लागिएको रेबान पोखरामा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको… पुरा पढौ

पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
पोखरा २१ मंसिर/ पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २७ देखि माघको ९ गते सम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवका लागि स्टल खुल्ला गरिएको दोश्रो दिनमा ६० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव स्टल ब्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन । महोत्सवमा २ सय ५९ वटा स्टल रहेको र त्यसको ६० प्रतिशत बुकिङ भइसकेको गुरुङले वताइन । महोत्सवमा ब्यवशायिक स्टल बाहेक… पुरा पढौ

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त

सागर खनाल
पोखरा, २१ मंसिर/ नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ भने चार्टर्ड एकाउण्टेन्ट समेत हुन् । बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले पदभार ग्रहण गरेका छन् । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा… पुरा पढौ

बेनेलीको एक्सक्लुसीभ शोरुम पोखरामा

बेनेलीको एक्सक्लुसीभ शोरुम पोखरामा
पोखरा, २० मंसिर/ बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर सञ्चालनमा रहेको छ । बेनेलीले ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ । अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलामा महावीर पुन, भन्छन्ः उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ

व्यापार मेला
पोखरा, १७ मंसिर/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको भताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गरे । व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना हुने उनको भनाइ थियो । ‘अहिलेको चुनावमा पार्टीहरूले के घोषणा गरे भने आफ्नो घोषणापत्रमा पाँच वर्षको कार्यकालमा चुनाव जितेर हाम्रो सरकार बन्यो भने १० लाख, २० लाख, १५ लाख रोजगारी सिर्जना गर्छौं,’ पुनले भने,‘ जुन कुरा गलत हो । सरकारले कुनै पनि देशमा कहिल्यै… पुरा पढौ

नेपाल श्रीलंकाको बाटोमा पुग्न सक्ने -मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा १७, मंसिर/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने बताएका छन्। पोखरा १० को श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरा १३ को कसेरी वयरघारीमा सम्पन्न भएको चौधांै बार्षिक साधारण सभाको उद्घाटन गदैै मन्त्री बरालले उक्त कुरा बताएका हुन्। नेपालमा उत्पादन कम, उपभोक्ताबादले गर्दा हाल बैंक तथा सहकारीहरुमा समेत पैसा अभाव भएकोले यसलाई समयमै व्यबस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर… पुरा पढौ

‘आभ्या स्याटर्डे मार्केट’मा उपभोक्ता बाक्लिंदै

‘आभ्या स्याटर्डे मार्केट’मा उपभोक्ता बाक्लिंदै
पोखरा, १७ मंसिर/ पोखराको घारिपाटनस्थित आभ्या क्लबले शुरु गरेको ‘आभ्या स्याटर्डे मार्केट’ मा सहभागिहरुको संख्या बढ्दै गएको छ । पोखरा र आसपासका घरेलु उत्पादनको बजारिकण गर्दै उत्पादित सामान सिधै ग्राहक समक्ष पु¥याउने उद्येश्यका साथ सञ्चालित मार्केटमा स्टल राख्ने व्यवसायी तथा उपभोक्ताहरुको उपस्थिती बाक्लिंदै गएको हो । गत हप्तादेखि क्लव परिषरमा यो मार्केट शुरु भएको थियो । परम्परागत रुपमा सञ्चालन हुने ‘हार्ट बजार’ कै कन्सेप्टमा शुरु गरिएको आभ्या मार्केटमा पोखरा र वरपरका कृषी उत्पादन फलफुल, तरकारीदेखि मोटरसाइकल सम्मका स्टलहरु रहेका छन्… पुरा पढौ