अर्थतन्त्र

नेपाल श्रीलंकाको बाटोमा पुग्न सक्ने -मन्त्री बराल

रामजीप्रसाद बराल
पोखरा १७, मंसिर/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने बताएका छन्। पोखरा १० को श्रीबृद्धि बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरा १३ को कसेरी वयरघारीमा सम्पन्न भएको चौधांै बार्षिक साधारण सभाको उद्घाटन गदैै मन्त्री बरालले उक्त कुरा बताएका हुन्। नेपालमा उत्पादन कम, उपभोक्ताबादले गर्दा हाल बैंक तथा सहकारीहरुमा समेत पैसा अभाव भएकोले यसलाई समयमै व्यबस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भिर… पुरा पढौ

‘आभ्या स्याटर्डे मार्केट’मा उपभोक्ता बाक्लिंदै

‘आभ्या स्याटर्डे मार्केट’मा उपभोक्ता बाक्लिंदै
पोखरा, १७ मंसिर/ पोखराको घारिपाटनस्थित आभ्या क्लबले शुरु गरेको ‘आभ्या स्याटर्डे मार्केट’ मा सहभागिहरुको संख्या बढ्दै गएको छ । पोखरा र आसपासका घरेलु उत्पादनको बजारिकण गर्दै उत्पादित सामान सिधै ग्राहक समक्ष पु¥याउने उद्येश्यका साथ सञ्चालित मार्केटमा स्टल राख्ने व्यवसायी तथा उपभोक्ताहरुको उपस्थिती बाक्लिंदै गएको हो । गत हप्तादेखि क्लव परिषरमा यो मार्केट शुरु भएको थियो । परम्परागत रुपमा सञ्चालन हुने ‘हार्ट बजार’ कै कन्सेप्टमा शुरु गरिएको आभ्या मार्केटमा पोखरा र वरपरका कृषी उत्पादन फलफुल, तरकारीदेखि मोटरसाइकल सम्मका स्टलहरु रहेका छन्… पुरा पढौ

सडक महोत्सव सफल पार्न सुझाव सहित उपसमिति गठन

सडक महोत्सव सफल पार्न सुझाव सहित उपसमिति गठन
पोखरा, १५ मंसिर/ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विशेष साधारण सभा मार्फत सुझाव संकलन सहित विभिन्न उपसमिति गठन गरेको छ । पोखराको ब्राण्डको रुपमा चिनिएको सडक महोत्सवको २४ औं संस्करणसम्म आइपुग्दा महोत्सवलाई कसरी थप प्रभावकारी र नविनतम् रुपबाट सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा विशेष साधारण सभा केन्द्रित भएको रेवानका अध्यक्ष नरेश भट्टराइले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्राण्ड बनेको… पुरा पढौ

पोखरामा मंसिर २४ र २५ गते सातौं पर्वतीय महोत्सव

पोखरामा मंसिर २४ र २५ गते सातौं पर्वतीय महोत्सव
पोखरा, १३ मंसिर/ पोखरामा मंसिर तेस्रो साता ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । मंसिर २४ र २५ गते हुने भएको छ । महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई जोड दिइएको आयोजकले जनाएको छ । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए । ‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’… पुरा पढौ

नेपाल चीन उद्योग वाणिज्य संघ गण्डकीको अध्यक्षमा वैभव पौडेल चयन

वैभव पौडेल
पोखरा, ११ मंसिर/ नेपाल चीन उद्योग वाणिज्य संघ गण्डकीको अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । नेपाल चीन उद्योग वाणिज्य संघले पोखराका पर्यटन व्यवसायी वैभव पौडेललार्य गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा मनोनित गरेको संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले जारी गरेको पत्रमा उल्लेख छ । नेपाल र चीनबीच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने संघको मूल उद्देश्यका लागि महात्वपूर्ण भूमिका रहने अपेक्षा गरको पत्रमा उल्लेख छ । पुरा पढौ

नेपासामा ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ शुरु

नेपासामा ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ शुरु
पोखरा, १० मंसिर/ पोखरा १७ हिमालीटोल स्थीत नेपासा भोजनालयमा सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” शुरु भएको छ । नेपासाले आफ्नो चौथो वार्षिकउत्सवको अवसरमा नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुका साथ आयोजना गरेको हो । सप्ताहव्यापी कार्यक्रममा रैथाने परिकारका विभिन्न मेनुहरुमा खानाका पारखीहरु रमाउन सक्ने नेपासाका संचालक एवम कर्याक्रमका संयोजक कुश बहादुर भुजेलले बताए । भुजेलका अनुसार कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न सके पर्यटन… पुरा पढौ

मंसिर १५ गतेदेखि पोखरामा व्यापार मेला,  करिब ७५ प्रतिशत स्टल बुकिङ

पोखरा, १० मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका करिब ७५ प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् ।  यही मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलामा डोम तथा साधारणतर्फका गरी करिब ७५ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठले जानकारी दिए । मेलामा २५० को हाराहारीमा स्टलहरु रहेको जानकारी दिँदै उनले भने,‘ गण्डकी क्षेत्रका उद्योगी÷व्यवसायीहरुको उत्पादन तथा नवप्रवर्तनलाई बढावा दिने खालका सामग्रीहरुको लागि… पुरा पढौ

निःशुल्क तालिम सम्बन्धी सुचना

निःशुल्क तालिम सम्बन्धी सुचना
निःशुल्क तालिम सम्बन्धी सुचना पुरा पढौ

नेपासा भोजनालयमा ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ गर्ने

नेपासा भोजनालयमा ‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ गर्ने
पोखरा, ८ मंसिर/ पर्यटकीय नगरी पोखरामा पर्यटन प्रवद्र्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुले पोखरा १७ मुस्ताङचोकमा रहेको नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा मंसिर १० गतेदेखी सो कार्यक्रमको आयोजना गर्न लागिएको नेपासाका संचालक एवम कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले पत्रकार सम्मेलनमा जानकारी दिए । कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्राण्डिङ गर्न… पुरा पढौ

क्यालिब्रेसन उडानका कारण पोखरा विमानस्थल एक साता प्रभावित हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २ मंसिर/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका कारण एक सातासम्म नियमित उडान प्रभावित हुने भएको छ । मंसिर ५ गतेदेखि १२ गतेसम्म एरोथाइ जहाजले दैनिक अधिकतम पाँच घण्टाको समय क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ । यस समयमा पोखराको पुरानो आन्तरिक विमानस्थलबाट हुने नियमित उडान समेत प्रभावित भएका छन् । पोखरालाई गन्तव्य बनाएर उडान गरिरहेका वायुसेवाहरूले उडानमा असर पर्ने भन्दै यात्रुहरूलाई सूचना जारी गरेका छन् । यती एयरलाइन्सले शुक्रबार सूचना जारी गर्दै क्यालिब्रेसन अवधिभर उडान प्रभावित हुने बताएको छ… पुरा पढौ