अर्थतन्त्र

२४ औं भदौरे पञ्चासे महोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न

२४ औं भदौरे पञ्चासे महोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न
पोखरा, १२ पुस/ कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा पुष ९ गते देखि आयोजना भएको ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ सम्पन्न भएको छ । तमु ल्होसार, अन्नपूर्ण गाउँपालिका वडा स्तरिय फुटबल प्रतियोगिता, भेट्रान्स फुटबल प्रतियोगिता, मौलिक साँस्कृतिक प्रस्तुतीलगाएतका कार्यक्रमसहित महोत्सव सम्पन्न भएको हो । महोत्सव समापनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले आफुलाई सेवकको रुपमा निर्वाचित गराएको हुँदा विकास निर्माणका कार्यमा सेवककैरुपमा सक्रिय भएरै लागिरहने बताए । विगत देखिनै भदौरे फुटबल खेलमैदानमा प्यारापिटको आवश्यकता रहेको बताउँदै सांसद… पुरा पढौ

‘विमानस्थलले पोखराको समृद्धिको ढोका खोल्यो’

‘विमानस्थलले पोखराको समृद्धिको ढोका खोल्यो’
पोखरा, १० पुस/ पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् । उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जेट अवतरण

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सौर्यको जेट अवतरण
पोखरा, १० पुस/ पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्न विदेशी एयरलाइन्सको चासो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १० पुस/ पोखरा अन्तराष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट उडानका तयारी रहदा विभिन्न एयरलाइन्सले उडानका लागि चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उठानका लागि नेपाली हवाइ कम्पनी उडानका तयारी गर्दा र विदेशी हवाइ कम्पनीले चासो देखाएका छन् । विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छ । अन्तर्राष्ट्रिय हवाई कम्पनिले अहिले पोखरासँगको व्यवसायिक सम्भाव्यता अध्ययन गर्दै सिधा उडान गर्न सकिने बारे चाँसो दिएका पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । अन्तर्राष्ट्रिय र आन्तरिक… पुरा पढौ

बर पिपल रिसोर्टमा न्युइयर विशेष कार्यक्रम

बर पिपल रिसोर्ट
पोखरा, ९ पुसपोखराको लेकसाइडस्थित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिनुभयो । साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बनाउनुभयो । ‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको… पुरा पढौ

पोखरामा अर्थतन्त्रको चिन्ता, ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’

पोखरामा अर्थतन्त्रको चिन्ता
पोखरा, ९ पुस/ नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो— भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उहाँहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । ‘मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ’डा. युवराज खतिवडा हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, नराम्रोसँग फसेका छौँ । जहिले पनि अतिवादको कुरा गर्नु हुँदैन । अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन ।… पुरा पढौ

चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा

चर्चित फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा
पोखरा, ९ पुस/ भारतकै चर्चित कम्पनी हाउस अफ इण्डियाको फ्याबल्ली र इण्डिया ब्राण्डको नेपाल फ्रेन्चाइज पोखरामा शुरु हुने भएको छ । नेहा थापा भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडबाट नेपालकै पहिलो फ्रेन्चाइज शाखाको रुपमा आइतबारदेखि यसको औपचारिक शुरुवात गर्न लागेकी हुन् । सिवानी पोदारले सन् २०१६ मा भारतको नोयडा दिल्लीबाट यो ब्राण्डको शुरुवात गरेकी थिइन् । यसले भारतको ट्रेडिशनलदेखि नयाँ पुस्तासम्मलाई समेटने मोर्डन ड्रेसको उत्पादन तथा विक्री गर्दै आएको छ । ‘कम्पनीले रेडिमेड साडी, लेहेंगा, कुर्थीदेखि नयाँ पुस्ताको रोजाइमा पर्ने विभिन्न प्रकारका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक
सागर राज तिमिल्सिनापोखरा, ७ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरलाइन्सले बिहीबार परीक्षण उडान गरेका छन् । बिहीबार दुबै एयरलाइन्सले पोखरा विमानस्थलबाट उडान गरेर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउन लागेको विमानस्थलको तयारी स्वरुप दुबै कम्पनीका एटिआर–७२ जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका हुन् । त्यही विमानस्थबाट उडान पनि गरेका छन् । उडान सफल भएपछि दुबै विमान कम्पनीले आफुहरु व्यवसायीक उठानका लागि तयार रहेको बताए । पोखरा अन्तराष्ट्रिय… पुरा पढौ

पुस २७ देखी माघ ९ गते सम्म पोखरा अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव

पुस २७ देखी माघ ९ गते सम्म पोखरा अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव
पोखरा, ६ पुस/ एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । महोत्सवकै आम्दानीबाट युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवको संघारमा आइपुग्दा गरिब तथा जेहेन्दार… पुरा पढौ

पोखराको लेकसाइडमा ३ करोडका लागतमा फ्याट् मङ्की रेष्टुरेण्ट

पोखराको लेकसाइडमा ३ करोडका लागतमा फ्याट् मङकी रेष्टुरेण्ट
पोखरा, १ पुष/ पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङ्की रेष्टुरेण्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जिवन भट्टराईले फ्याट् मङ्की रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । चारतले भवनमा उनले तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गरेका छन् भने पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताए । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई विषेश प्रथामिकता दिएको बताए । फ्याट् मङ्की रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङ्कीका विभिन्न… पुरा पढौ