पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक -व्यवसायी

-


     क्लिक गण्डकी     
     माघ १९ गते २०७९ मा प्रकाशित


पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखराको मुख्यबजारमा पार्किङ निषेध अव्यवहारिक व्यवसायी

पोखरा, १९ माघ/ पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाले माघ २३ गतेदेखि पोखराका मुख्य सहरी क्षेत्रमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिकाको निर्णय अव्यवहारिक भएको ठहर गरेको छ ।

व्यवसायीहरुले पार्किङ निषेधको निर्णयले मन्दीको मारमा रहेका व्यवसायीहरु थप मर्कामा पर्ने र व्यवसायबाटै विस्थापित हुने जोखिम बढेको निष्कर्ष पनि निकालेको छ ।

भेलाले ट्राफिक व्यवस्थापनमा सुधार गर्न, उचित विकल्पसहित पार्किङ स्थलको व्यवस्था गर्न माग गर्दै पोखरा महानगरपालिकालाई निर्णय सच्याउन अनुरोध गर्ने निर्णय गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

उनका अनुसार उद्योगी/व्यवसायीहरुले आउँदो आइतबार निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।



Tags: